मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ ।

प्रगतिशील कानुन व्यवसायीहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने  र यसको उचित संरक्षण गर्ने स्पष्ट गर्नुभयो ।

“हामी संयुक्त राष्ट्रसङ्घको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्छौँ । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधानार्थ लाग्नेछौँ । गरिबीको अन्त्यविना मानवअधिकार स्थापना हुन सक्दैन । त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ ।’’

उहाँले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरूलाई सरकारले ग्रहण गर्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार