मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

एमाले लुम्बिनी प्रदेश अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुने भएको छ ।

शनिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका उपाध्यक्ष, महासचिव, सचिव तथा पार्टीका अन्य पदाधिकारीहरू बुटवल जाने एमालेले जनाएको छ ।

पार्टी कार्यतालिकाअनुसार सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सुरुमा पहिलो अधिवेशन गर्न लागेको हो । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० बजे गर्ने कार्यक्रम तय भएको छ ।

अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट कार्यक्रममा सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

साथै उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू,महासचिव,उपमहासचिव, सचिवहरू ,पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा अन्य नेता तथा पार्टी सदस्यहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुने जनाइएको छ । अधिवेशनले २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार