मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

बाँकेका ८ पालिका मध्ये नरैनापुरमा सबैभन्दा कम बेरुजु

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
बेरुजुलाई सुन्यमा पुर्याउने अध्यक्ष शाहको भनाइ
२९ असार २०७९, बुधवार

बाँके । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले कोरोना लगायतका कारण देखाउँदै लेखापरीक्षण नै नगराएकाले प्रतिवेदन उक्त स्थानीय तहको लेखापरीक्षण विवरण सार्वजनिक भएको थिएन । यसपटक भने बाँकेका आठ वटै स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।

बाँकेमा सबैभन्दा बढी बेरुजु जानकी गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जानकी गाउँपालिकाको बेरुजु ६.२० प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकाको आएको छ ।  नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आउने आर्थिक बर्षमा बेरुजु सुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । 

यस्तै नरैनापुरका लेखा पाल प्रकाश अधिकारीले अनलाइन बैंकिङ प्रणाली सुरु भएकोले बेरुजुलाई सुन्यमा झारेर बेरुजु रहित पालिका बनाउने अभियानमा लागेको जिकिर गर्नुभयो ।

नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जनप्रतिनिधिहरुको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताउदै आउने आर्थिक बर्षमा अपेक्षित रुपमा कमी आउने बताउनु भयो ।

महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेका कारण बेरुजु रकम बढेको जनाएको छ । विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिस्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको, सम्पन्न कार्यको आवश्यक कागजात संलग्न नगर्दा स्थानीय तहमा बेरुजु देखिएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार