मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको उम्मेदवार घोषणा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
ललित रौनियारको नेतृत्वमा मोहम्मद सफिक बेहना उपाध्यक्ष उधोग सहित सम्पूर्ण उम्मेदवारको उम्मेदवारी घोषणा
१८ श्रावण २०८०, बिहीबार

बाँके  । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन लागेको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार घोषणा गरेको छ ।

नेपालगन्जमा बिहीबार एक भव्य समारोहका बीच उक्त समुहले आफ्ना उम्मेदवार घोषणा गरेको हो । सो समुहको तर्फबाट अगुवा व्यवसायी ललितकुमार रौनियारलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरिएको छ ।

यस्तै संघको उपाध्यक्ष पदमा विश्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक बेहना(उद्योग) र करिश्मा योगी(महिला) लाई अगाडी सारिएको छ । यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्माको नाम घोषणा गरिएको छ । उनी नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन । त्यस्तै संघको उप-महासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको नाम घोषणा गरियो ।

त्यसैगरी संघको सदस्यहरुमा व्यवसायी सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता,बलबहादुर बिष्टको नाम घोषणा गरिएको छ ।

यसैगरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाललाई उक्त समुहले मैदानमा उतारेको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा आयोजित घोषणा सभमा पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । कार्यक्रम अहिले चलिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार