मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

गठबन्धनबाट बाहिरिने जसपाको तयारी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
जसपाले ३२ सिट दाबी गर्दै आएको छ । तर, गठबन्धनमा हुँदा १५ देखि १७ सम्म मात्र पाउने भएपछि गठबन्धनबाट बाहिरिनसक्ने संकेत गरेको हो
१५ अशोज २०७९, शनिबार

काठमाडौं । सत्तारुढ गठबन्धनले अझै पनि सिट बाँडफाँट टुङ्गो लगाउन सकेको छैन । सिट बाँडफाँट टुङ्गोमा नपुग्नुको मुख्य कारण पाँचै दलको अस्वभाविक दाबी हो ।

रात रहे अग्राख पलाउँछ भने झै सिट बाँडफाँटमा ढिलाइ हुँदा गठबन्धन नै टुट्ने परिस्थिति बन्दै गएको देखिन्छ । गठबन्धनमा आवद्ध मध्ये मधेशको बलियो शक्ति जनता समाजवादी पार्टी (जसपा)ले सिट बाँडफाटकै कारण गठबन्धनबाट बाहिरिन सक्ने संकेत गरेको छ ।

जसपाले ३२ सिट दाबी गर्दै आएको छ । तर, गठबन्धनमा हुँदा १५ देखि १७ सम्म मात्र पाउने भएपछि गठबन्धनबाट बाहिरिनसक्ने संकेत गरेको हो । दृष्टिन्यूजसँग कुरा गर्दै जसपाका प्रवक्ता मनिष सुमनले भने– ‘गठबन्धनमा सम्मान नहुने अवस्थामा हामीले विकल्प सोच्नुपर्ने हुन्छ । हामीले दाबी गर्दै आएको ३२ सिट हो । हाम्रो दाबी स्वीकार्य नभएको अवस्थामा हामीले सोच्नुपर्ने हुन्छ ।’

जसपाले गठबन्धनसँग तालमेल नभएको अवस्थामा अन्य राजनीतिक शक्तिसँग पनि तालमेल गर्न सकिने जनाएको छ । तर, कुन र कस्तो राजनीतिक दलसँग तालमेल गर्ने भन्ने विषयमा निर्णय गरेको छैन । प्रवक्ता सुमनले भने– ‘हामी वर्तमान गठबन्धनमा नरहने अवस्थामा अन्य राजनीतिक शक्तिसँग गठबन्धन वा तालमेल गर्न सक्छौँ । तर, हाम्रो पहिलो प्राथमिकता वर्तमान गठनबन्धन नै हो । वर्तमान गठबन्धनमा नरहने अवस्थामा जोसुकैसँग तालमेल हुन सक्छ ।’

गठबन्धनको अवस्था के ?

सत्ता गठबन्धनबाट जसपाले दाबी गरेको ३२ सिट पाउने सम्भावना कम छ । किनकी, गठबन्धनमा जसपाभन्दा ठूला तीन पार्टी छन् । नेपाली कांग्रेसले कम्तिमा पनि ८५ सिट दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले ४५ सिट दाबी गरेको छ । गठबन्धनमा जसपाभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीले कम्तिमा २० सिट पाउनुपर्ने भन्दै आएको छ । 

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी मात्रै १५० सिट हुन्छ । प्रतिनिधिसभाको जम्मा १६५ सिटमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गरेको दाबीपछि बाँकी १५ सिट रहन्छ । बाँकी रहेको १५ सिटमा सुरुदेखि नै गठबन्धनमा रहँदै आएको राष्ट्रिय जनमोर्चालाई भाग पुर्याउनुपर्ने छ । 

ठूला तीन दलबाट नरमकरम मिलाउँदा जसपाले १५ सिटसम्म पाउनसक्ने गठबन्धनका एक नेताले बताए । तर, जसपाले १५ सिटमा चित्त बुझाउने अवस्था देखिन्न । यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्था आउनसक्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार