मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा सहकारी संस्थामा नि:शुल्क स्वास्थ्य जाँच

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
कोहलपुर ३ मदनचोकमा आज बिहान १० बजेदेखि सुरु भएको उक्त शिविरमा १०३ जनाले सेवा लिएको उक्त संस्थाका अनुगमन प्रमुख बुद्धि राम चौधरीले बताउनुभयो ।
२५ असार २०७९, शनिबार

कोहलपुर: बाँकेको कोहलपुर ३ मा रहेको सबैको लघुवित्त वित्तीय सहकारी संस्था लिमिटेडको छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कोहलपुर ३ मदनचोकमा आज बिहान १० बजेदेखि सुरु भएको उक्त शिविरमा १०३ जनाले सेवा लिएको उक्त संस्थाका अनुगमन प्रमुख बुद्धि राम चौधरीले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जकि स्त्रीरोग विशेषज्ञ डा- पुनम आचार्य, इन्टर्न डा- रोजी शाह, डा- सन्तोष महतो, डा- नितेश कौशल, डा- नवल किशोर शाह लगायतको उपस्थितिमा शिविर सञ्चालन गरिएको थियोे । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा- रोमन किदुवाईले पछिल्लो समयमा धेरै ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गराउदै आइरहनु भएको छ । प्रशासनको तर्फबाट श्री केपी घिमिरेलाई क्याम्पको जिम्मेवारी दिएको डा- किदुवाईले बताउनुभयो । 

उक्त लघुवित्तले देशभरिका आफना शाखा भएका ठाउँमा केही न केही सामाजिक कार्य गरेको मदन चोक कायममुकायमका अनुगमन अधिकृत बुद्धि राम चौधरीले बताउनुभयो । यस्ता किसिमका स्वास्थ्य शिविरले सहकारीका उपभोक्ता र सेवालिन आउनु हुने सेवाग्राहीलाई टेवा पुगेको उक्त सहकारीकि अनुगमन अधिकृत रिमा रानाभाटले बताउनुभयो ।

फेरि छिट्टै आखाको स्वास्थ्य शिविर राख्ने योजना भएको उक्त सहकारी संस्थाका मदनचोक शाखा प्रमुख भोला गिरीले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजले यस्ता निशुल्क स्वास्थ्य शिविरमा उल्लेखनीय योगदान गरेको भन्दै मेडिकल कलेजलाई प्रशंसा पत्र पनि दिइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार