मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन–२०८०
समावेशी प्यानलद्वारा मतदाता तथा उद्योगी व्यवसायीसँग मतदानका लागि अपिल

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

नेपालगन्ज । समावेशी प्यानलले नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी २ भाद्रमा हुन लागेको निर्वाचनमा आफ्नो प्यानलमा मतदान गर्न आममतदाता तथा उद्योगी व्यवसायीहरुसँग अपिल गरेको छ ।

समावेशी प्यानलका संयोजक र्ईश्वरप्रसाद पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले बिहीबार साँझ संयुक्त हस्ताक्षर गरी अपिल गरेका हुन् ।

समग्र बाँके क्षेत्रको प्रतिनिधित्व हुने सानादेखि ठूला व्यापारिक घरानासम्मका उद्योगी र व्यवसायीलाई उम्मेदवारहरुका रुपमा चयन गरेको पुनः स्मरण गराउँदै उनीहरुले समावेशी प्यानल एकताबद्ध भएर चुनावी अभियानमा जुटेको र एकतामा फुट ल्याउन, बैैमनस्यता कायम गर्न, उद्योगी व्यवसायीबीच फाटो ल्याउन अनेक भ्रम छर्ने, हुँदै नभएका कुराहरु अतिरञ्जित गर्ने इत्यादि खेलहरु हुनसक्ने तर्फ निकै संयम र चनाखो हुन मतदातालाई सचेत गराइएको छ ।

‘व्यक्तिगत स्वार्थ सिद्धि वा कसैको बहकाउमा लागेर वा भ्रामक सूचनाका आधारमा धारणा नबनाउन सम्पूर्ण उद्योगी व्यवसायीसँग आग्रह गर्दछौं । समावेशी प्यानलको एकता अक्षुण्ण राखेर तन, मन, बुद्धि, र बर्कतले पूरै प्यानललाई विजयी बनाउने अभियानमा लाग्न हामी सम्पूर्ण मतदाता, उद्योगी व्यवसायीहरुमा अनुरोध गर्दछौं’, अपिलमा भनिएको छ, ‘उद्योगी व्यवसायीबीचको एकता नै सिंगो समावेशी प्यानलको जित हो । उद्योगी व्यावसायीहरुको हित हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार