मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन प्रस्थान

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गर्नुभएको छ ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गर्नुभएको हो । चाइना एयरलाइन्सको ५:५५ बजेको फ्लाइटमार्फत उहाँ त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा सहभागी हुनुहुन्छ ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबिच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।

मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रीपरिषद् बैठकले अनुमति दिएको थियो । यस अघि कार्तिक २० गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबिच भगिनी सम्बन्ध कायम गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार