मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

बैजनाथमा एड्भान्स आरन सुधार तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–६ मा लक्षित वर्गका लागि सञ्चालन गरिएको ३० दिने एड्भान्स आरन सुधार तालिम सम्पन्न भएको छ। 

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा (सोक्याड) कोहलपुरको आयोजनामा सम्पन्न तालिममा ८ जना स्थानीय सहभागीले आधुनिक आरन तालिममा कच्चा फलाम बाट विभिन्न आधुनिक घरेलु सामाग्री निर्माण गरेका छन्।

तालिममा सहभागीहरूले हसिया, खुकुरी, खुडा, कुटो, चापरलगायतका घरेलु हतियार तथा औजार बनाउन आवश्यक सीप सिकेका छन् । 

कृष्ण बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष निर्मला रोकाया सहभागी हुनु भएको थियो । 

प्रमुख अतिथी गाउँपालिका अध्यक्ष शाहीले सिपलाई आधुनिकीकरण गर्न सामुहित आरन उद्योग स्थापना गरेर घरेलु बैजनाथको ब्रान्डको रूपमा घरेलु हतियार उत्पादन गर्ने संस्था वा ब्यक्तिलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्नुका साथै उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्नमा ग्यारेन्टी गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिशिष्ट अतिथी उपाध्यक्ष रोकायले अहिले गाउँपालिकाभरी एक दुई जना मात्र भएकोले अब तालीम प्रदान गरेका सबैले सामाग्री उत्पादन एवं पुराना सामाग्री मर्मतको काम गर्न सके मनग्य आम्दानी गर्न सकिने बताउँदै यी घरेलु हतियार बिहान उठेदेखि बेलुका नसुते सम्मलाई तरकारी काट्न घाँस दाउरा काट्न माछा मासु काट्न सबै काममा अनिवार्य प्रयोग हुने भएकोले यसको महत्त्व सधैं भैरहने बताउनुभयो ।

समापन कार्यक्रममा प्रशिक्षक उमालाल बिकले आफुले सिकाएको सिपको सहि सदुपयोग गर्न प्रशिक्षार्थीलाई अनुरोध गर्दै प्रशंसा पत्र ग्रहण गर्नु भएको थियो । ३० दिनसम्म निरन्तर तालिममा सहभागी भएर सफलता पुर्बक सीप सिकेका सहभागीहरूले स्थानीयस्तरमा स्वरोजगारको सम्भावना बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिमप्रति सन्तोष व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार