मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |
मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |


डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ ।
२४ चैत्र २०७९, शुक्रबार

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौंबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ ।

दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिनुभयो । “डब्लुएचओले करिब एक महिनाभित्र सूचीकृत गरी नेपालको पहिलो स्वस्थ सहरको सदस्यता प्रदान गर्ने तयारी गरेको जानकारी आएको छ”, उहाँले भन्नुभयो । प्रमुख ब्याञ्जूका अनुसार नगरले स्वस्थ सहरका मान्यता प्राप्त गर्न स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणको क्षेत्रमा तयारी गरिरहेको छ । भौतिक पूर्वाधारसँगै मानवीय आधारभूत आवश्यकतालाई पनि विस्तार गर्दै लगिएको उहाँको भनाइ थियो ।

“विश्वका अन्य देशले समेत धुलिखेलको विकासको मोडललाई अनुकरण गरिरहेका छन्, अब हामी रोग नै लाग्न नदिन के गर्ने भन्ने योजनामा केन्द्रित भएका छौँ”, ब्याञ्जूले भन्नुभयो । नगरले हाल रु २३ करोडको लागतमा फोहरमैला व्यवस्थापनको काम गरिरहेको छ भने बनेपाको फोहर काठमाडौं पुर्‍याउन नपर्ने तथा पनौती नगरको फोहर सङ्कलन गरी धुलिखेलमै व्यवस्थापन गर्ने गरी योजना अघि सारेको छ । सङ्कलन गरिएको फोहरबाट ग्यास, मल बनाइने उहाँले बताउनुभयो ।

केही समयमा नै सहरी क्षेत्रका घरबाट निस्कने ३१ प्रतिशत फोहरपानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ सुधार गर्ने नगरको लक्ष्य छ । नगरका ८६ प्रतिशत घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ भने पोषणयुक्त धुलिखेल नगर निर्माणका लागि युनिसेफसँगको साझेदारीमा काम भइरहेको छ । यहाँका ७२ प्रतिशत स्थानीयलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो । उहाँका अनुसार सबै नागरिकलाई उपचारको पहुँच पुर्‍याउने उद्देश्यले नगरभित्रका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी घरदैलो कार्यक्रमका लागि स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको छ ।

नगरलाई क्षयरोगमुक्त बनाउने अभियानमा पनि पालिकाले काम गरिरहेको छ भने ‘आरोग्य सहर’ अभियान सञ्चालन गरिएको छ । उक्त अभियानको डब्लुएचओका हेडक्वार्टर प्रतिनिधि डा. टौडिल इस्लाम नेतृत्वको टोलीले यही चैत पहिलो साता अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगरप्रमुख ब्याञ्जूले स्वास्थ्य नागरिकको पहिलो अधिकार भएको बताउँदै स्वास्थ्यमा सबैको सहज पहुँचका लागि योजना, कार्यक्रम र व्यवस्थापन गरिरहेको टोलीलाई जानकारी गराउनुभएको थियो ।

इस्लामले विश्वमै क्षयरोग महामारीका रूपमा रहेकाले यसको नियन्त्रण र उपचारमा नगरले चालेको अभियानको प्रशंसा गर्दै डब्लुएचओका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिनुभएको थियो । समयमा नै क्षयरोग पहिचान र परीक्षण हुँदा उपचार गर्न सहज हुने र अन्यत्र फैलन नपाउँदा न्यूनीकरण भई मृत्यु हसनबाट बचाउन सकिने उहाँले बताउनुभयो । डब्लुएचओको टोलीले मुलुकका अन्य स्थानीय तहमा पनि क्षयरोगको अवस्थाका बारेमा अवलोकन गरिरहेको छ ।

धुलिखेलले विश्वमा शून्य कार्बन उत्सर्जन गर्ने सहरका रूपमा चिनाउने गरी काम अघि बढाएको छ । जीवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिका कार्यालयले जनाएको छ । यस्तै, नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवम् स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो तथा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता भएको नाष्टले जनाएको छ ।

कार्यक्रमले वातावरण प्रदूषण तथा स्वास्थ्य समस्या समाधानका पक्षमा दिगोरूपमा वैज्ञानिक ढङ्गबाट समाधान दिने जनाइएको छ । यस अभियान पूर्ण रूपमा सञ्चालनमा आए नगर सफा–सुन्दर हुने जनाइएको छ । साथै कार्यक्रम लागू भएपछि स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनाका साथै बेरोजगारी घट्ने नगरप्रमुख ब्याञ्जूको भनाइ थियो । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ ।

सफा र सुन्दर सहर बनाउनका लागि उक्त कार्यक्रमअन्तर्गत युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएको छ ।

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो । खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरबाट निस्केको फोहरपानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । नगर क्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरूपमा प्रतिबन्ध गरिएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार