बाँके । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले शिक्षामा जोड दिन आवश्यक रहेको बताउनु भएको छ ।
नरैनापुर गाँउपालिकामा रहेका मदरसाहरुको आज बिहिबार स्थलगत अनुगमन गरे नेपालगंज फर्किने क्रममा अध्यक्ष मियाँले समुदायमा रहेको अशिक्षाको कारण पछाडि परेको कुरा उल्लेख गर्दै उहँँले राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वको आयोगले पहल गर्दै आएको बताउनु भएको थियो
अध्यक्ष अन्सारीले मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको बताउँदै लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा संचालन गरिरहेको जानकारी दिदै उहँँले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापन हुनु पर्ने धारणा राख्नु भयो ।
उहाँले मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा जोड्दै बैज्ञानिक शैक्षिक पद्धती अवलम्बन गर्दै शिक्षामा आयोगको विशेष जोड रहेको बताउदै नरैनापुरमा किशोरीहरुको अध्ययनका लागि क्याम्पस स्तरको विद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
यस्तै नरैनापुरमा आायेगका अध्यक्ष अन्सारी सहित आयोगका सदस्यहरुलाई स्वागत गर्दै गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा २६ वटा मदरसा रहेपनि भौतिक पूर्वधार र योग्य जनशक्ति नहुदाँ मदरसाहरुको अवस्था दर्दनाक रहेको बताउदै भौतिक पूर्वधार र कन्या क्याम्पस स्थापनाका लागि पहल गरी दिन माग गर्नु भएको थियो ।
आयोगका सदस्य शम्सुल हलले आफुहरुले हकअधिकारका लागि विगतमा लडाई लडेको बताउँदै उहाँँले त्यसको उपलब्धी स्वरुप धेरै कुरा प्राप्त हुँदै आएको भए पनि पूर्णरुपमा अधिकार स्थापित भइनसकेको जिकिर गर्नु भयो । उहाँले अरुको अधिकार खोस्ने होइन आफ्नो अधिकार जोगाउन मुस्लिम आयोग लागेको बताउनु भयो ।
कार्यक्रममा मुस्लिमका सदस्य महमदिन अली, नरैनापुर २ का वडा अध्यक्ष मसूद शाह, डा. वकार, समाज सेवी रिजवान शाह लगायत स्थानीयहरुको सहभागितामा मदरसा सिराजिया इस्रारुलउलूल, आर्दश मा.वि लगायतको अनुगमन गर्नु भएको थियो ।