मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१ जेठ २०८२, बुधवार
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका सबै ९ वटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई दिगोपना घोषणा गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकामा जन्मेदेखी १५ महिना उमेर समुहका १ हजार ३९९ जना बालबालिका रहेका छन् । त्यसैगरी ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । छुटेका १२ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ ।

उनीहरु सबैले पाउनु पर्ने खोप पाइसकेपछि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आज बुधबार एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु भयो ।
पालिका अध्यक्ष पौडेलले कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नपरोस् भन्ने सवालमा पालिका गम्भीर रहेको बताउनु भयो । 
राप्तिसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऎडीले खोप अभियानलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । 
स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले १४ ओटा विभिन्न रोगहरुबाट जोगाउनका लागि बालबालिकालाई ९ प्रकारका खोप दिने गरिएको जानकारी दिनु भयो ।
राप्तिसोनारी गाउँपालिकासहित अहिलेसम्म बाँकेका ८ वटा पालिका मध्ये ६ वटा पालिकालाई खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार