मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा जनकलाल चौधरी हाजिर

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

बाँके । नरैनापुर गाँउपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत गरिएको छ । बुधवार गाउँपालिकाको सभाहलमा भएको स्वागत सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवले नेपाली ढाका टोपी र फुल माला लगाएर स्वागत गरेका हुन् । 

थारुको गत फाल्गुन २७ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो । 

यता नरैनापुरमा आएका चौधरी यस अघि डोटीको आर्दश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत थिए ।

नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडाध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, मनोज शर्मा, वडा सदस्यहरु र कार्यालयका कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई स्वागत गरेका थिए ।

उपाध्यक्ष श्रीवास्तवले भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन आग्रह गरिन । नरैनापुरलाई राम्रो नरैनापुर बनाउन अधिकृतको भुमिका मुख्य रहने भएकाले यसलाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।

गाउँपालिकामा हाजीर हुदै प्रमुख प्रशासकीय अधिकृत चौधरीले गाउँपालिकाको बसाई अवधीभर गाउँपालिकाको विकास,समृद्धि र सुशासनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर केही गर्न नसक्ने भन्दै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारी सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने सबैको योगदान र त्याग बाट गाउँपालिकाले लिएको लक्ष्यमा पुग्न सक्ने भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी बताएको नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिएको । प्रमुख प्रशासकीय अधिकृत चौधरी हाजिर भए पछि कर्मचारीहरु संग कुरा गर्दै उनले जनभावना अनुसार काम गर्न निर्देशन दिएका थिए ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार