मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

चार दलको समर्थनमा जसपाका नेता यादवले गराए उपराष्ट्रपतिमा मनोनयन दर्ता

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपासहित चार दलको समर्थन रहेका उनलाई स्वतन्त्रका एक सांसदको पनि समर्थन रहेको छ।
२७ फाल्गुन २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले शनिबार उम्मेदवारी दिएका हुन्।

उनलाई सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन रहेको छ। प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्।समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपासहित चार दलको समर्थन रहेका उनलाई स्वतन्त्रका एक सांसदको पनि समर्थन रहेको छ।

यसअघि निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष उमेदवार निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उमेदवारको उमेदवारी दर्ता नगर्ने बताए पनि अन्ततः पछि हट्दै यादवको उमेदवारी दर्ता गरेको हो। आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ। यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार