मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

अब राजा फर्किने सपना कसैले नदेखे हुन्छ - कमल थापा

महमूद आलम खान 1133+ समाचार ( )
लामो समय राजसंस्थाको एजेण्डा बोकेर राजनीति गर्दै आएका कमल थापा अहिले राजाकै आलोचना गर्नमा खर्चिरहेका छन् ।
३ वैशाख २०७९, शनिबार

काठमाडौं । लामो समय राजसंस्थाको एजेण्डा बोकेर राजनीति गर्दै आएका कमल थापा अहिले राजाकै आलोचना गर्नमा खर्चिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै थापाले राजसंस्थाको आलोचनामा खर्चिन थालेका हुन् ।

पछिल्लो समय राप्रपा नेपाल व्यूँताएर पुनः अध्यक्ष बनेका थापाले अब राजा फर्कने सम्भावना सकिएको बताउन थालेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पुराना नेतालाई धैर्यता रहुञ्जेल राजा बोक्नसमेत सुझाए ।

पुरानो पार्टीका नेताहरूसँग कुनै गुनासो नभएको उनको भनाइ छ । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरूसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरूको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ । तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो ।’

उनले पार्टीहरू असफल भएर राजा आउने नआउने भन्दै एउटा पार्टी असफल भए अर्को आउनेसमेत बताएका छन् । ‘राजा फर्कने अरू नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए । अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २÷३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन’ उनको भनाइ छ ।

उनले अगाडि भनेका छन्, ‘मलाई थाहा छ, अन्ततः तपाईंहरू मेरै बाटोमा आउनुपर्छ। अहिले गालीगलौज र आरोपहरू खेपेर भए पनि तपाईंहरूको लागि म बलियो घर बनाएर राखिदिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस् ।’ राजाको माया त लाग्छ, त्यसैले राजसंस्थाप्रति मेरो सम्मान सदैव रहिरहने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै