मुख्य समाचार
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर | कटकुइयाँ स्वास्थ्य चौकी नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै | शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति |

नेपालगञ्ज साक्षर नगर घोषणा हुँदै

महमूद आलम खान 1132+ समाचार ( )
संक्रमणका कारण पछाडि पर्दै गएको अभियानलाई स्वास्थ्यका मापदण्ड अपनाई २०७८ फागुन मसान्त भित्र सम्पन्न गर्ने योजनाका साथ तयारी अगाडि बढाइएको हो ।
७ पौष २०७८, बुधवार

बाँके । आगामी फाल्गुन महिना भित्र नेपालगंज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने कार्यक्रम तयारी तीव्र पारिएको छ । संक्रमणका कारण पछाडि पर्दै गएको अभियानलाई स्वास्थ्यका मापदण्ड अपनाई २०७८ फागुन मसान्त भित्र सम्पन्न गर्ने योजनाका साथ तयारी अगाडि बढाइएको हो ।

कोरोना संक्रमणका कारण पछाडि पर्दै गएको जिल्ला साक्षर घोषणा अभियानलाई पछिल्लो समय नेपालगंज उपमहानगरपालिकाले तिव्र पारेको छ । मिश्रित समुदायले भरीएको नेपालगंज उपमहानगरपालिका लगायत बाँके जिल्लामा गरीवीका साथै शिक्षा,स्वास्थ्य,कुरीती,कुसंस्कार व्याप्त छ ।भौतिक पुर्वाधारलार्य मात्र विकास मान्ने सोचका कारण नेपालगंज उपमहानगरपालिका भित्र पर्ने केही पछाडी परेका समुदायको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन । आर्थिक अभाव तथा अशिक्षाका कारण बाल विवाह अत्याधिक हुने गरेको यहाँ सानो उमेरमा पढ्न नपाएकाहरुलाई लक्षित गरी उपमहानगरपालिकाले साक्षरता कक्षा संचालन गरेको छ ।हस्ताक्षर त परै जावोस लेप्चेका भरमा रहेका समुदायका महिलाहरुले आभियानका दौरानमा विद्यालय जाने गर्दा निकै खुशी भएको पाइन्छ ।यसरी उपमहानगरपालिकाले सुरु गरेको साक्षरता कक्षामा आएर केही कुरा सिक्न पाएकोमा निकै खुशी लागेको नेपालगंज उपमहानगरपालिका वडा नं.२२ किंगरियान पुर्वाकी बाबुल निशा ।

पिछडीएको किङगरीया,चमार र बसखोर समुदायको बसोबास रहेका स्थानमा नेपालगंज उपमहानगरपालिकाले पहिलो चरणमा समुदायमा साक्षरता अभियानलाई प्राथमिकतामा राखेको बताउँदै आर्थिक तथा सामाजिक विकासका लागि एकीकृत विकास योजना बनाएर अघि बढ्ने नेपालगंज उपमहानगरपालिका शाखा अधिकृत लोकेन्द्र बहादुर शाही बताउँछन ।

नेपालगंज उपमहानगर पालिकाले साक्षर नगर घोषणका लागि शिक्षामा केही पछाडि परेका टोल बस्तीमा विषेश कक्षा संचालन गरेको छ ।उपमहानगरपालिले किंगरिया लगायतका लोपोन्मुख,विपन्न तथा सिमान्तकृत समुदायलाई साक्षर बनाउन नगरले विषेश फोकस गर्ने नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगर बताउँछिन ।

नेपालगंज उपमहानगरपालिकाले विपन्न र सिमान्तकृत समुदायमा साक्षर नभएमा सामाजिक सुरक्षा भत्ता कटौती गर्ने साथै अन्य सेवा रोक्ने अनिर्वाय साक्षर कार्यक्रम लागु गरेको छ । अझै पनि धेरै किशोरी महिलाहरु विद्यालय जान नपाई निरक्षर रहेका छन। उपमहानगरले साक्षर नगर घोषण गर्ने अभियान संचालन गरेर उनीहरुलाई साक्षर बनाउने कक्षा सुरु गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार