मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति दिएको हो ।
२७ वैशाख २०८०, बुधवार

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति दिएको हो ।

नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसुद पनि अदालतमा उपस्थित थिए । अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदिमले प्रतिनिधित्व गरेका थिए ।

खान नियमित सुनुवाइका लागि अदालत उपस्थित हुने क्रममा मंगलबार अदालत परिसरबाटै पक्राउ परेका थिए । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष अदालतमा बन्द ढोकामा हाजिर गर्नुअघि राति अज्ञात स्थानमा लगिएको थियो ।

आफूलाई हिरासतमा यातना दिइएको र वासरुम प्रयोग गर्नसमेत नदिइएको खानले अदालतमा बताएका थिए । पाकिस्तानका अर्धसैनिक बलले खानलाई गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा खानका समर्थक र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार