मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ ।
४ पौष २०७८, आइतबार

नेपालगञ्ज । नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।

उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अबको एकसाता निरक्षरहरुको तथ्यांक संकलन गरि ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने बताउनुभयो । साक्षरता कक्षा सञ्चालनका लागि नगरभित्रका वाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । 

वाल विकास शिक्षकहरुलाई उप–महानगरपालिकाले  साक्षरता कक्षा सञ्चालनका लागि आवश्यक सहजिकरण गरेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले  साक्षरता अभियान निरन्तर सञ्चालनका लागि समेत पहल गर्ने बताउनुभयो । 

नेपालगञ्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको अनुमान छ । उनीहरुलाई विशेष साक्षरता कक्षा सञ्चालन गरि सुचक पुरा गरेर साक्षर नगर घोषणा गर्ने तयारी गरिएको सुवेदीले बताउनुभयो ।

उप–महानगरपालिकाका शिक्षा अधिकृत भिमवहादुर बुढाले साक्षर उप–महानगरपालिका घोषणाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्न लागिएको बताउँदै आम नगरबासी लगायत सबैपक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

साक्षर नगरसँगै वाल विवाहमुक्त नगर घोषणा अभियान पनि सँगसँगै लैजान लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार