मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

विश्वकपको फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्दै

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१५ असार २०८१, शनिबार

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा शनिबार राति भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दछन्। 

पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनल पुगेको दक्षिण अफ्रिका र दोस्रो सेमिफाइनलमा साबिक विजेता इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै फाइनल पुगेको भारतबिच शनिबार प्रतिस्पर्धा हुन लागेको हो। 

दोस्रो सेमिफाइनलमा भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सकेको थियो। सन् २००७ मा विश्वकपको उपाधि उचालेको भारत दोस्रो पटक फाइनलमा पुगेको हो। दक्षिण अफ्रिका भने टी–२० विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। 

फाइनल खेल शनिबार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा सुरु हुनेछ। भारत दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ भने दक्षिण अफ्रिका पहिलो पटक इतिहास लेख्न चाहन्छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार