मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

‘टुरिस्ट उम्मेदवार’ विरुद्ध बाँके–३ मा कांग्रेस कार्यकर्ताको आक्रोश, पार्टी कार्यालयमा ताला

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

बाँके । नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा स्थानीय नेताको सट्टा बाहिरिया अर्थात् ‘टुरिस्ट’ उम्मेदवार अघि सारेको आरोप लगाउँदै कांग्रेसका कार्यकर्ताहरू आन्दोलित भएका छन् । आक्रोशित कार्यकर्ताहरूले नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा ताला लगाएका छन् ।

स्थानीय नेताको भावना र योगदानलाई बेवास्ता गरिएको भन्दै कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादवले कडा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले स्थानीय नेतालाई उम्मेदवार नबनाइए पार्टी कमजोर हुँदै जाने चेतावनी दिनु हुँदै “स्थानीय नेतृत्वलाई पन्छाएर बाहिरियालाई उम्मेदवार बनाइए कांग्रेस समाप्त हुने अवस्थामा पुग्छ,” भन्नुभयो ।

यस्तै जानकी गाउँपालिका–५ का बुथ सचिव सियाराम यादवले पनि ‘टुरिस्ट’ उम्मेदवारलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले बाहिरियालाई टिकट दिइए आफू पार्टी परित्याग गर्न बाध्य हुने चेतावनी दिनु हुँदै स्थानीय नेता लक्ष्मी नारायण शाहलाई उम्मेदवार बनाउन माग गर्नुभयो ।

कार्यकर्ताहरूले पार्टी कार्यालयमा ताला लगाउनुका साथै ‘टुरिस्ट नेता मुर्दाबाद’, ‘स्थानीय नेतालाई उम्मेदवार बनाऊ’ जस्ता नाराबाजी गरेका थिए । उनीहरूले पार्टी नेतृत्वले स्थानीय कार्यकर्ताको भावना बुझेर तत्काल निर्णय सच्याउनुपर्ने माग समेत गरेका छन् । 

बाँके–३ मा कांग्रेसभित्र देखिएको यस असन्तुष्टिले आगामी निर्वाचनमा पार्टीलाई थप चुनौती थपिने संकेत देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार