मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |

वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा

यूथ टुडे समाचारदाता 3533+ समाचार ( )
जनप्रिय वडा सदस्यको असामयिक निधनप्रति गाउँपालिका शोकमग्न, श्रद्धाञ्जलिसहित समवेदना व्यक्त
१७ जेठ २०८३, आइतबार

बाँके । बाँकेको जानकी गाउँपालिकाले वडा नम्बर २ का वडा सदस्य रामधिरज यादवको असामयिक निधनप्रति शोक व्यक्त गर्दै सोमबार गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरेको छ।

लामो समयदेखि जटिल प्रकृतिको रोगबाट पीडित रहनुभएका यादवको शुक्रबार राति उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकारी दिनुभयो। उहाँको निधनपछि गाउँपालिका तथा स्थानीय समुदाय शोकमा डुबेको छ।

गाउँपालिका अध्यक्ष खाँद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। विज्ञप्तिमा यादवले जनप्रतिनिधिका रूपमा निर्वाह गर्नुभएको भूमिका तथा समाजप्रति पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गरिएको छ।

“स्वर्गीय रामधिरज यादव एक इमानदार, जिम्मेवार र जनमुखी जनप्रतिनिधि हुनुहुन्थ्यो। स्थानीय विकास, सामाजिक सद्भाव र जनताको हितका लागि उहाँले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ,” वक्तव्यमा उल्लेख गरिएको छ।

यादव वडा सदस्य मात्र नभई सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। स्थानीय नागरिकका समस्या समाधान, विकास निर्माणका कार्य तथा सामाजिक एकताको प्रवर्द्धनमा उहाँले खेलेको भूमिका उल्लेखनीय रहेको स्थानीयवासी बताउँछन्।

उहाँको निधनले जानकी गाउँपालिका–२ मात्र नभई समग्र गाउँपालिकाले एक लोकप्रिय, कर्तव्यनिष्ठ र जनताको सुख–दुःखमा सधैं साथ दिने जनप्रतिनिधि गुमाएको अनुभूति गरेको छ। स्थानीय समुदायले यसलाई अपूरणीय क्षति भएको बताएका छन्।

स्वर्गीय यादवप्रति श्रद्धाञ्जलि व्यक्त गर्न स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू उहाँको निवासमा पुगिरहेका छन्। सबैले उहाँको योगदानलाई सदैव सम्झिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

गाउँपालिका अध्यक्ष खाँद्वारा जारी विज्ञप्तिअनुसार स्वर्गीय यादवप्रति सम्मान प्रकट गर्दै सोमबार गाउँपालिका क्षेत्रभित्र शोक बिदा दिइनेछ। गाउँपालिकाले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार