मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

यू-१८ विश्वकप: अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

काठमाडौं । अफगानिस्तानलाई पराजित गर्दै नेपाल आईसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा पुगेको छ । 

आज दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो । 

टस हारेर नेपालले पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानले १४६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ४४ ओभर बलमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । 

नेपालको लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे । उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे । त्यस्तै दीपक बोहोराले २७ , आकाश त्रिपाटीले १६, अर्जुन कुमालेले १०, दीपक डुम्रेले ५, दीपेश कडेलले ४ विपिन रावलले २ रन बनाउँदा गुल्सन झा भने एक रनमा आउट भएका थिए । सुवास भण्डार ५ र तिलक भण्डारी शून्य रनमा नटआउट रहे ।

त्यसअघि नेपालको घातक बलिङमा अफगानिस्तानका ब्याटर केही पनि जम्न सकेका थिएनन् । ४० ओभर १ बलमा अलआउट भएको अफगानिस्तान १४५ रनमा सीमित बनेको थियो । 

अफगानिस्तानका लागि एएम गजन्फरले सार्वधिक ३७ रन बनाए । उनले ओभर २१ बलमा चार चौका तीन छक्का प्रहार गरेका थिए ।

कप्तान नसीर खान मोरफाखलले ८३ बलमा ३ चौका प्रहर गर्दै ३१ रन जोडे भने फरिदुन दाउदजई २९ र हसन इसाखिल २० रनमा आउट भए । अरु कुनै खेलाडीले दोहोर अंक जोड्न सकेनन् । फगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालको लागि आकाश चन्द एक्लैले ५ विकेट लिए । यस्तै गुल्शन झाले र तिलक भण्डारीले समान एक(एक विकेट लिए ।

अफगानिस्तानको लागि जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशको बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शून्यमा पेभेलियन फर्काएका थिए । 

यो जितसँगै नेपाल सुपर सिक्समा पुगेको छ । पराजित अफगानिस्ता भने १३औँ स्थानका लागि भिड्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार