मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

बाँकेमा एचपीभी खोप अभियान सुरु

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

बाँके । बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीस्थित धम्बोझी माविबाट खोप  लगाउने कार्यको सुरुवात गरिएको हो । 

नगर प्रमुख प्रशान्त विष्टले खोप अभियानको शुभारम्भ गर्नुभएको हो । विष्टले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, धम्बोझी माविका प्रधानाध्यापक बामदेव सुवेदी लगायतको उपस्थिति थियो । 

बाँकेमा करिब ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपीभी० खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३६ हजार ९ सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन श्रेष्ठले बाँकेमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र  जानकी गाउँपालिकाका २२ हजार ५ सय ८९ जना किशोरीलाई आजदेखि फागुन १ गतेसम्म खोप लगाइनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार