मुख्य समाचार
थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने | बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे |

वडाबासीको सुखदुःखको साथी हुँ, त्यो भएर म जित्छु ः मुस्ताक

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ माओवादी तर्फका अध्यक्षका उम्मेदवार मुस्ताक अन्सारीले वडामा स्वस्थ्य र शिक्षा निशुल्क गरिने बताउनु भएको छ ।
२७ वैशाख २०७९, मङ्गलबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ माओवादी तर्फका अध्यक्षका उम्मेदवार मुस्ताक अन्सारीले वडामा स्वस्थ्य र शिक्षा निशुल्क गरिने बताउनु भएको छ । वडामा ४ जना एम बि बि एस गरेका डक्टर सहित सर्वसाधारणको घरदैलोमा पुगेर स्वस्थ सेवा प्रदान गरिने अन्सारीले बताउनु भयो ।

हजार भन्दा बढीको संख्यामा भेला भएका मतदातालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार अन्सारीले जनतलाइ कुनै पनि दुख नदिइ जनताको कामगर्ने माओवादी पार्टीलाई जिताउनुस भन्दै आग्रह गर्नु भयो ।  कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अतहरहुसेन फारुकीले मुस्ताक अन्सारी सहितको टोलिलाई जिताउन आग्रह गर्नु भयो ।          

उहाले भन्नुभयो माओवादी पार्टी मधेसी, मुस्लिम, आदिवासी, महिला, पिछडिएका बर्ग जाति, लिङ्ग, भाषाका जनताको पार्टी हो । त्यसैले माओवादी पार्टीले जिते जनता जित्ने बताउने भयो । 

त्यस्तै लुम्बिनी प्रदेश सदस्य नवीन शर्माले अन्सारी लगायतको सिङ्गो टिमलाई जिताउन आग्रह गर्नु भयो । नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले युवा नेता अन्सारीलाई जिताउन सबैमा आग्रह गर्नु भयो । अध्यक्ष शाहीले सम्पूर्ण वडाबासीलाई एकपटक माओवादी तर्फका अध्यक्ष अन्सारी लगायत सम्पूर्णलाई बिजयी गराउनुस अनि सबै सुबिधा पाउनु हुनेछ भन्दै जिताउन मतदातालाई आग्रह गर्नु भयो । नेपालगन्ज(५ का वडा अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा शुरु भएको कोणसभाको संचालन नगर उपाध्यक्ष वसन्त मल्लले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार