मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

संसद्मै प्रधानमन्त्री ‘जथाभाबी’ बोल्न थालेपछि सभामुखको रुलिङ

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओ‌लीलाई विषय केन्द्रित भएर सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुख देवराज घिमिरेले निर्देश गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदले सोधेको प्रश्न भन्दा पनि अन्य विषयमा बोल्ने थालेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाएका थिए ।

कांग्रेस सांसद धनराज गुरुङले प्रश्न सोधेकोमा प्रधानमन्त्री ओली भने प्रश्न भन्दा पनि अन्य विषयमा बोल्न लागेका थिए । डेडिकेडेट र ट्रंक लाइनको विषयमा शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको विषयको जवाफ दिन लागेका थिए ।

दाहालले प्रधानमन्त्री ओलीले डेडिकेडेट र ट्रंक लाइन विद्युत्को महसुल तिर्नुपर्ने विषयमा विश्वासको मत लिने क्रममा तथ्यभन्दा बाहिर गएर विषय राखेको भनेका थिए ।

ओलीले सांसद धनराज गुरुङले सोधेको प्रश्न भन्दा पनि सांसद दाहालले शून्य समयमा उठाएको विषयमा बोल्न लागेपछि सांसद पुनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री कुन सन्दर्भमा बोल्दै हो ? भनी पुनले प्रश्न उठाएपछि सभामुख घिमिरेले निर्देशन दिँदै भने, ‘प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्नका लागि म निर्देश गर्दछु ।’

सभामुखको निर्देशपछि प्रधानमन्त्री ओली सांसद गुरुङले सोधेको प्रश्नको जवाफ दिन लागेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार