मुख्य समाचार
पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ |
मुख्य समाचार
पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ |


कोहलपुरका लागी निर्बिकल्प नरेन्द्र न्यौपाने

महमूद आलम खान 1132+ समाचार ( )
२०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरमा मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने पराजित भए पनि उनको कोहलपुरको बिकासमा निरन्तर क्रियासीतामा कमि आएन ।
२९ चैत्र २०७८, मङ्गलबार

कोहलपुर । २०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरमा मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने पराजित भए पनि उनको कोहलपुरको बिकासमा निरन्तर क्रियासीतामा कमि आएन । 

बिजयी नभए पनि माओवादी युवा नेता न्यौपाने छाँय मेयरका रुपममा जनताको काम गरि रहे । प्रशासन संग सम्वन्धीत काम , बिकास संग सम्वन्धीत काम र जन सेवाको काममा उनि निरन्तर लागी रहे । 

पराजित भएर पनि जनताको काममा लागी रहने नरेन्द्रले जनताको सेवा र कोहलुरको बिकास गर्न पदमै रहनु पर्छ भन्ने नभएको बताउछन । केन्द्रीय तहको राजनित गरेर कोहलपुर आए लगतै मेयरमा चुनाव लडेर पराजित न्यौपानले आफु पछिल्लो ५ बर्षको अवधिमा कोहलपुरको भु राजनैतिक अवस्था , मुख्य मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्यन गर्ने प्रयाप्त मौका साथै जनताको सेवा गर्ने अवसरका रुपमा आफुले लिएको बताउँछन । 

गाँउ घरका साना तिना समस्या देखी कोहलपुर लाई बिकास र प्रशासनिक हिसावले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाई छ । कोहलपुरमा बिकासका काममा प्रदेश र केन्द्र सरकार संग लबिङ होस या कोभिडको महामारीमा जनताको सेवामा उनि निरन्तर खटि रहे । न्यौपानेकै नेतृत्वमा कोभिड महाकारीका समयमा बिपन्न तथा मजदुरहरुका लागि १ हजार २ सय बोरा चामल तथा दाल बितरण गरेका थिए । 

कोहलपुरका १५ वटै वडाका बिपन्न तथा दैनिक रोजगारी गुमाएका हरुका लागी राहात स्वरुप चामल तथा दाल बितरण गरिएको थियो । त्यती मात्रै होईन न्यौपाने चिकत्सक सहितको टोलि लिएर २ सय ५० जना कोभिड संक्रमितको घर घरमा पुगेर औषधि तथा परार्मश सेवा दिएका थिए । न्यौपानेकै नेतृत्वमा कोभिडका कारण मृत्यु भएका हरुको निशुल्क शव व्यवस्थापनको काम समेत कोहललपुरमा गरिएको थियो । 

कोहलपुर लाई प्रशासनिक केन्द्रका रुपमा बिकास गर्न पनि न्यौपानेको उत्तिकै सक्रियता रह्यो । माओवादी केन्द्रका युवा नेता न्यौपानेको बिशेष पहलमा कोहलपुरमा ईलाका प्रशासन कार्यालयको स्थपना , बिधुत बितरण कार्यालयको स्थपना भई सकेको छ भने । कोहलपुरमा नापि तथा मालपोत कार्यालयको शाखा स्थपनाको नितीगत निर्णय भई सकेको छ । 

नरेन्द्र न्यौपानेको व्यक्तिगत खटाई र दौडधुपका कारण आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र बाट उनि एक्ला उम्मेदवार हुन । शिक्षीत ,योग्य तथा कोहलपुरको बिकास र निर्माणमा निरन्तर क्रियासील युवा नेतृत्व हुनाले पार्टीमा मेयर पदमा अन्यले आँकाक्षा समेत नराखेको एक माओवादी नेताले बताए । भिजन सहितको युवा नेतृत्व र निरन्तरको क्रियासीलताले यस पटकको निर्वाचनमा नरेन्द्र न्यौपाने बिजयी हुनेमा आफुहरु ढुक्क रहेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्काले बताए । नरेन्द्र न्यौपाने लाई गठबन्धन दलहरुमा समेत सर्व स्विकार्य पात्रका रुपमा हेर्ने गरिएको र सोही अनुसार कुराकानि हुने गरेको अध्यक्ष खड्का बताउछन । 

चुनावमा टिकट पाएपछि मात्रै सक्रियता देखाउने र जनताको सेवामा लाग्ने राजनैतिक सस्कार लाई नरेन्द्रले चुनौती दिएको कोहलपुरका अगुवा व्यवसायी बलराम काफ्ले बताउँछन । चुनावमा टिकट पाएपछि क्रियासील हुने हारे पछि घर बस्ने, जित मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यता समेत युवा नेता न्यौपानेले तोडिदिएको काफ्लेको भनाई छ । 

छाया मेयरका रुपमा जनताको सबैखाले समस्यामा साथी बनेका न्यौपाने लाई एक पटक कोहलपुरको मेयरका रुपमा कोहलपुरका जनताले हेर्न चाहेको कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक सदस्य शेषकान्त्त शर्माको भनाई छ , । न्यौपाने बिजयी भएमा पश्चिम नेपालको सम्भावनको शहर कोहलपुर देशमै नमुना र अग्रणी बिकास हुने उनले बताए । 

कोहलुरको बिकास गर्न भिजन भएको नेतृत्व र सबै दलको साथ आवश्यक हुने युवा नेता न्यौपानेको भनाई छ । नेतृत्व र पहल एक ठाउमा छ साथ र सहयोग सबैको अवश्यक हुन्छ न्यौपानले भने । 

नेतृत्व क्षमताका कारण पछिल्लो ५ बषै खेरा गएको बताउने न्यौपानेले अव पनि जुझारु नेतृत्व नपाउने हो भने कोहलपुरको बिकास धेरै पछाडी धकेलिने बताए छ । 

के छन त कोहलपुरमा न्यौपानेका योजना (कुराकानिमा आधारति)

समुन्नत कोहलपुर निर्माण का लागी हाम्रो पहिलो प्राथमिकता शुसासन र पादरर्शी स्थानिय सरकार नै हुनेछ । स्थानिय सरकारले गरेका काम र योजनाहरु बारे जनता लाई जानकारी दिने र त्यस बारे स्थानियबासीको गुनासो लाई सम्बोधन गर्ने कुरा लाई हामी प्राथमिकतामा राख्ने छौ 

हामि कोहलपुरमा लोक कल्याणकारी स्थानिय सरकार बनाउने योजनामा छौ । खास गरि सार्वजनिक सेवा , सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गनु पर्ने छैन । निशुल्क शिक्षा , स्वाथ्य मा सबैको पहुच कायम हुनेछ । आधारभुत उपभोग्य खाद्य बस्तुमा सबैको पहुच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ । 

नगर अस्पताल बाटै नागरीकहरु लाई सबै खाले स्वाथ्य सेवा निशुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्रबिधी बिकास गर्ने तथा अन्यत्र जानै पर्ने अस्वस्था सृजना भए अत्याधुनिक एम्बुलेन्स चिकित्सकिय सेवा निशुल्क बनाउने छौ । 

बिजुली र खानेपानि लागायतका अनिवार्य र आधारभुत बस्तु तथा सेवा लाई सबैको पहुच कामय गर्दै सर्बसुलभ बनाईने छ । 

सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तर लाई बृद्धि गर्न सबै प्रयासहरु गरिने छ । भौतिक पुर्वाधार ,जनशक्ति बृद्धिमा मुख्य ध्यान केन्द्रीत गरिने छ । बिपन्न तथा अनाथ बाल बालिका लाई पठन पाठन गर्न आवशिय बिद्यालयको स्थापन गर्ने सोचमा छौ । 

संबिधानको मर्म अनुसार दलित तथा भुमिहीन सुकुम्वासी लाई भुमि को मालिक बनाउने निती लाई कार्यन्यन गर्न स्थानिय स्तर बाट ठोस कदम चालिने छ ।साथै कोहलपुको समस्याको रुपमा रहेको अब्यवस्थीत बसोवासीहरुको समस्या समाधान गर्न भुमि सुधार मन्त्तालय र भुमि आयोगको काम लाई प्रभावकारी ढंगले अगाडी बढाईने छ । १ बर्ष भित्रमा भुमि समस्या समाधान गरि जग्गा धनि प्रमाण पुर्जा बितरण बितरण गर्ने गरि काम गर्ने छौ । 

पर्यटन , कृषि तथा पशु पालन , औधोगिक क्षेत्रको बिकास गरि रोजगारका सृजना गर्ने तथा शैक्षिक बेरोजगार हरुको अभिलेख तयार गरि रोजगारी सृजना लगायतका कम गरिने छ । 

कोहलपुरको बिकासका लागि निजी क्षेत्र ,सहरकारी र स्थानिय सरकारको समस्यमा फोहर मैला व्यवस्थापन , छाडा पशु ,चौपाय ब्यवस्थापन , ठेला व्यवसायी लाई व्यवस्थापन , आटो रिक्सा व्यवस्थापनको काम गर्ने छौ । 

मजदुर हरुका समस्या समाधान श्रम ऐनको , समाजिक सुरक्षा ऐन कार्यानयनमा स्थानिय सरकारले समेत आवश्यक समन्वय तथा पहल गर्नेछौ । 

किसान कल सेन्टर बाट कृर्षि तथा पशुपालन क्षेत्रको समस्या समाधान , निशुल्ट टोल फ्रि सेवा मार्फत स्थानिय जनताको जनगुनासो सुन्ने र समाधान गर्ने तथा नगर पालिकाको सम्पुर्ण काम लाई पेपर लेस बनाउने तर्फ काम गर्ने छौ । 

बिधुतीय सेवा प्रयोगमा पे्रात्साहन गर्न , ईन्डक्सन चुल्हो , बिधुतिय सवारी साधन प्रयोगमा प्रत्साहन गर्ने छौ । 

बिकासका काम लाई टिकाउ र दिगो बनाउन नितिगत सुधारका काम गर्ने छौ । केन्द्र र प्रदेश सरकार संगको सहकार्यमा ठुला तथा नमुना बिकासका योजनाहरु लाई अगाडी बढाउने छौ । कोहलपुर लाई प्रशासनिक केन्द्रको रुपमा बिकास गर्न थप प्रयासहरु हुने छन । 

समग्रमा आगामी ५ बर्षमा हामी लोक कल्याणकारी , सुसासन र पादरर्शी स्थानिय सरकार निर्माण गर्ने छौ । बिकासका हिसावले समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नेछौ । रोजगार सृजना र कृषि क्षेत्रमा ठुलो पड्को मार्ने छौ । कोहलपुर र कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वणीम कार्यकाल हुनेछ । 

राजनिती सेवा हो । रोजगार अथवा पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गर्ने माध्याम बन्नु र बनाईनु हुदै भन्ने मेरो मान्यता छ र सोही आधारमा म अधिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा छु । जनताको सेवा गर्न थप प्टेलफर्म पाएमा एकाकार भएर कोहलपुरका बिकास र पहुचका लागी अगाडी बढने छौ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार