मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

स्व. वीरेन्द्र स्मृति क्रिकेटः एनसिए र युभिसिसि फाईनलमा प्रवेश

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र आयोजक युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले जित हासिल गर्दै फाईनलमा प्रवेश गरेका छन । 

नेशनल क्रिकेट एकेडेमी लम्कीले सि. युवा क्लब नेपालगन्जलाई र युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले हिमालयन क्रीकेट एकेडेमी काठमाडौंलाई हराउँदै फाईनल प्रवेश गरेका हुन् । 

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सि. युवा क्लब नेपालगन्जलाई ६ विकेटले हराउँदै नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली फाइनलमा प्रवेश गरेको छ ।  

टस जीतेर नेशनल क्रिकेट एकेडेमी लम्की कैलालीले पहिले फिल्डीङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको सि. युवा क्लब नेपालगन्जले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनायको थियो । सि. युवा क्लब नेपालगन्जकस सौगात खत्रीले ३१ र सन्दीप नेपालिले १८ रन बनाए । बलिङ्ग तर्फ नेशनल क्रीकेट एकेडेमी लम्किका हेमन्त क्षेत्री र रबिन भण्डारीले समान २–२ विकेट र गोविन्द बिष्टले १ विकेट लिए । 

जितका लागी दिएको ११२ रनको लक्ष्य पछ्याएको नेशनल क्रिकेट एकेडेमीले १३.५ ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाउदै लक्ष्य पुरा गरेको हो । नेशनल क्रिकेट एकेडेमीका लागी आशिष लोहारले सर्बाधिक ४५ (नट–आउट), गोविन्द बिष्टले ३३ (नट–आउट) रन बनाए । बलिङ्ग तर्फ सि. युवा क्लब नेपालगन्जका अमन श्रेष्ठले २ र लभकुस यादवले १ विकेट लिए । 

सेमिफाइनलको पहिलो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्किका गोविन्द बिष्ट प्लेयर अफ द म्याच समेत बनेका थिए ।

सेमिफाइनलको दोस्रो खेलमा हिमालयन क्रीकेट एकेडेमी काठमाडौंलाई ४० रनले पराजित गर्दै युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर पनि फाईनल प्रवेश गरेको छ । 

टस जीतेर ब्याटिङ रोजेको युनाईटेड भिजन क्रिकेट क्लवले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायको थियो । युनाईटेड भिजन क्रिकेट क्लवका सिद्धान्त राज शाहीले ३१, निर्मल गुरुङ्गले २५ र क्षितिज थापा मगरले २० रन बनाए । बलिङ्ग तर्फ हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका आदित्य थापा र दिनेश बिष्टले समान २–२ विकेट लिएका थिए । 

युनाईटेड भिजन क्रिकेट क्लवले दिएको १२७ रनको लक्ष्य पछ्याएकोे हिमालयन क्रिकेट एकेडेमीले १८.३ ओभरमा सबै विकेट गुमाएर ८६ रनमा अलआउट भएको थियो । हिमालयन क्रिकेट एकेडेमीका लागि सर्बाधीक दिपक बोहराले २५ र मुकेश धामीले १७ रन बनाए ।

बलिङ्ग तर्फ हिमालयन क्रिकेट एकेडेमीका निर्मल गुरुङ्गले ३, सुनिल सुनार र सुजात हुसेनले समान २–२ विकेट लिएका थिए । 

सेमिफाइनलको दोस्रो खेलमा युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरका निर्मल गुरुङ्ग प्लेयर अफ द म्याच बनेका थिए । उनले आफ्नो टिमका लागी २५ रन र ३ विकेट लिएका थिए ।

उपाधी भिडन्त भोली : एनसिए लम्की भर्सेज युभिसिसि कोहलपुर

तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताको उपाधी भिडन्त भोली हुदैछ । सेमीफाईनलका दुबै खेल आज सकिएका छन् । सेमिफाईनल मा जित हासिल गर्दै नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर उपाधीका लागी भिड्ने पक्का भएको हो । 

एनसिए लम्की भर्सेज युभिसिसि कोहलपुरको खेल भोली विहान ९ बजे देखि प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा सुरु हुने स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताका खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए । 

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताको बजेताले एक लाख पचास हजार रुपैयाँ नगद र ट्रफि हात पार्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार