बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ को वेलास्पुरमा चिडिमार समुदायको हकहित र सेवामा सक्रिय बहेलिया चिडिमार विकास समाजको आयोजनामा आज शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भिजन आँखा अस्पताल, ब्रिनोज कान सामुदायिक सेवा केन्द्र, बास नेपाल बाँके शाखा र गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनको सहकार्यमा भएको शिबिरमा २५४ जनाले सेवा लिएको बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले जानकारी दिनु भयो ।
शिविरमा कान र आँखाको जाँच गरिएको थियो । शिविरमा जाँच गरेका बिरामीहरु मध्ये आँखा र कानको सल्याकृया गर्नुपर्ने देखिएका बिरामिहरु सल्याक्रियाका लागि अस्पताल गएमा ५० प्रतिशत छुटमा उपचार गरिने आयोजक संस्था बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले बताउनु भयो ।

स्वास्थ्य सिबिरमा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमार, बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनका अध्यक्ष प्रदिप साहु, बहेलिया चिडिमार विकास समाजका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।