बाँके । मुस्लिम समुदायहरुको महान् चाड बकर इदको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिएका छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरु र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक हो । विभिन्न समुदायका चाडबाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उल्लेख गरेका छन् ।
त्यस्तै अध्यक्ष शाहले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मवलम्वीहरुको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने मैले विश्वास लिएको बताएका छन् ।
