मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

धनुषा घटनापछि सद्भाव र न्यायका लागि राष्ट्र निर्माण दलको पहल

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
२१ पौष २०८२, सोमबार

जनकपुर । धनुषामा हालै घटेको साम्प्रदायिक घटनाको सत्य–तथ्य बुझ्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायबारे छलफल र सहकार्यका लागि राष्ट्र निर्माण दल नेपालका अध्यक्ष शमीम मियाँ अन्सारी धनुषा पुगेका छन्।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष अन्सारीले उक्त घटनामा संलग्न जो–कोही भए पनि दोषीले उन्मुक्ति पाउन नहुने स्पष्ट गर्दै न्याय सुनिश्चित गर्न आफूले सक्रिय पहल लिने बताएका छन्।

धनुषा पुगेलगत्तै अध्यक्ष अन्सारीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरी घटनाबारे विस्तृत जानकारी लिएका थिए। भेटका क्रममा शान्ति–सुरक्षा मजबुत बनाउँदै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिएका थिए।

दलका महासचिव मोहम्मद जाकिर हुसैनका अनुसार अध्यक्ष अन्सारीले जिल्ला सुरक्षा समितिलाई घटनामा संलग्न जुनसुकै पक्षका व्यक्तिलाई पनि निष्पक्ष रूपमा अनुसन्धान गरी कानुनअनुसार कारबाही अघि बढाउन तथा सम्भावित तनाव नियन्त्रणका लागि कडा सुरक्षा सतर्कता अपनाउन सुझाव दिएका छन्।

यसैक्रममा अध्यक्ष अन्सारी सुरक्षाकर्मीहरूसहित घटनास्थल कमलामाई नगरपालिका–सखवा मरान पुगेर स्थलगत निरीक्षण गरेका छन्। उनले पीडितहरूसँग भेटघाट गर्दै घटनाबारे प्रत्यक्ष जानकारी लिएका थिए।

घटनास्थलमै अध्यक्ष अन्सारी र दलका सचिव गुरुदेव रामले स्थानीय बासिन्दालाई संयमित रहन आग्रह गर्दै पीडितलाई न्याय दिलाउने र वास्तविक दोषीलाई पक्राउ गरी कानुनअनुसार सजाय दिलाउन राष्ट्र निर्माण दल दृढतापूर्वक उभिने बताएका छन्।

स्थानीयस्तरमा प्राप्त जानकारीअनुसार छिमेकी बस्तीका केही हिन्दू युवाहरूले इस्लाम धर्मको अपमान हुने सामग्री टिकटकमार्फत सार्वजनिक गरेपछि त्यसको प्रतिक्रियामा एक मुस्लिम युवाले पनि हिन्दू धर्मको अपमान हुने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यस विषयमा विवाद चर्किँदै जाँदा दुवै पक्ष प्रहरी कार्यालयमा छलफलमा रहेका बेला मुस्लिम बस्तीमा पुरुषहरू अनुपस्थित रहेको अवसर छोपी केही व्यक्तिहरूले मस्जिदमा तोडफोड गर्नुका साथै इस्लाम धर्मका पवित्र ग्रन्थ कुरआन तथा अन्य कागजातहरू जलाएको र महिलाहरूमा डर–त्रास फैलाएको आरोप छ। उक्त घटनापछि स्थानीय मुस्लिम समुदाय आक्रोशित बनेको थियो।

घटनाको विरोधमा आइतबार र सोमबार देशका विभिन्न जिल्लामा मुस्लिम समुदायले शान्तिपूर्ण प्रदर्शन गर्दै सुरक्षाको सुनिश्चितता र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका थिए।

महासचिव हुसैनका अनुसार मुस्लिम समुदायका नेताहरूले गृहमन्त्रीलाई भेट गरी घटनाबारे जानकारी गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका थिए। आइतबार धनुषा र वीरगञ्जमा दुई समुदायबीच भएको प्रदर्शनले तनावको अवस्था सिर्जना गरेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आंशिक निषेधाज्ञा जारी गरेको थियो। सोमबार वीरगञ्जमा पुनः तनाव बढ्दा लाठीचार्जसमेत भएको थियो।

राष्ट्र निर्माण दलका अध्यक्ष अन्सारीले मधेशका हिन्दू र मुस्लिम दुवै समुदायलाई आपसी सद्भाव, सहअस्तित्व र शान्ति कायम राख्न संयमता अपनाउन अपील गरेका छन्।

यस घटनासँग सम्बन्धित टिकटक सामग्री निर्माणमा संलग्न दुवै पक्षका तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिसकेको र मस्जिद ताेडफाेड गर्ने आठजनामाथि मुद्दा चलाई खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार