मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

महमूद आलम खान 1133+ समाचार ( )
पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र गभर्नर अधिकारीबीचको सम्बन्ध बिग्रेको थियो ।
२५ चैत्र २०७८, शुक्रबार

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति समेत गठन गरेको थियो । त्यस लगत्तै सरकारले निलम्बन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र गभर्नर अधिकारीबीचको सम्बन्ध बिग्रेको थियो । गभर्नर अधिकारी अर्थमन्त्रीका कारण अर्थतन्त्रमा संकट पैदा भएको भन्ने प्रकृतिका अभिव्यक्ति दिने गरेका थिए ।

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच केही समय अघिदेखि द्वन्द्व सुरु भएको थियो । वित्तीय प्रणालीमा देखिएको असन्तुलन र यसलाई समाधान गर्नको लागि ठोस कदम नचालेकै कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए ।

गत असोजमा अर्थमन्त्री शर्माले सेयर बजारमा देखिएको समस्या, तरलता अभाव, मुलुकको वर्तमान अर्थतन्त्रलगायतका विषयमा नेपाल राष्ट्र बैंकसँग जवाफ मागेका थिए । तर गभर्नर अधिकारीले भने आफू कोभिड १९ बाट संक्रमित भएको बहाना बनाउँदै अर्थमन्त्रीले सोधेको कुनै पनि प्रश्नको जवाफ अर्थ मन्त्रालयलाई दिएका थिएनन् ।

गर्भनर बर्खास्त भएपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार