मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

हात्तीपाईले रोग निवारण कार्यक्रम बाँकेमा जटिल बन्दै

महमूद आलम खान 1133+ समाचार ( )
हात्तीपाईले रोग विरुद्धको औषधीका विषयमा विभिन्न खालका भ्रम रहेको उहाँको भनाई थियो ।
२३ फाल्गुन २०७८, सोमबार

बाँके ।  राष्ट्रिय हात्ती पाईले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउने बिषयमा बाँकेका पत्रकारहरु संग अन्तरक्रिया गरिएको छ ।

अभियान अन्तरगत यही फागुन २८ गतेदेखी हात्ती पाईले रोग विरुद्धको औषधी खुवाइँदैछ । पत्रकार अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले अझैपनि हात्तीपाईले रोग विरुद्धको औषधी सर्वसाधारणले खान मन नगरेको बताउनुभयो । हात्तीपाईले रोग विरुद्धको औषधीका विषयमा विभिन्न खालका भ्रम रहेको उहाँको भनाई थियो ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरेमा कुनैपनि असर नगर्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत शाहले बताउनु भयो । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम बाँकेमा विगत ११ वर्षदेखी सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम ६ वर्षमा सम्पन्न हुनुपर्नेमा सर्बसाधारणले औषधी सेवन गर्न नमान्दा पछाडी सरेको हो ।

सर्बसाधारणलाई औषधी सेवनबारे बुझाउन नसकिदाँ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सफल हुनमा जटिलता थपिएको छ । सो क्रममा स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतम, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार