मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

एमसीसी विवाद उग्र : माओवादी र नेकपा एस सरकारबाट बाहिरिदै

महमूद आलम खान 1133+ समाचार ( )
माओवादी केन्द्र र नेकपा एसले सरकार छाड्ने
१९ माघ २०७८, बुधवार

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जसरी पनि संसदबाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि सत्ता गठबन्धनमा विवाद बढेको छ ।

एमसीसी पारित गरेरै अघि बढ्ने अडानमा प्रधानमन्त्री देउवा देखिएपछि सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको सशक्त प्रतिवाद गरिरहेका छन् ।

अहिलेकै अवस्थामा एमसीसी अगाडि बढाउन नहुने पक्षमा माओवादी केन्द्र र नेकपा एस छ । त्यसैले पनि एमसीसी पारित गर्ने अवस्था आएमा सत्ता गठबन्धनमा नयाँ समीकरण हुने स्थिति देखिएको छ । माओवादी केन्द्र र नेकपा एसले सरकार छाड्ने स्थिति बन्ने देखिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जवर्जस्ती एमसीसी पारित गर्न खोजिए आफूहरु सत्ता गठबन्धन छाड्ने बताइसकेका छन् । त्यस्तै, नेकपा एसका नेता झलनाथ खनालले पनि एमसीसी पास गर्न प्रधानमन्त्रीले जवर्जस्ती गरे सत्ता गठबन्धन टुट्ने संकेत गरिसकेका छन् ।

प्रधानमन्त्री देउवाले भने तत्काल एमसीसी पारित गरेर अघि बढ्नुपर्ने स्थिति आएको बताएका छन् । सत्ता गठबन्धनको बैठकमा पनि प्रधानमन्त्री देउवाले एमसीसी पारित गरेर अघि बढ्ने बताएका छन् ।

अहिलेकै स्थितिमा एमसीसी पारित गराउनका लागि कांग्रेस तथा प्रधानमन्त्री देउवाको तर्फबाट पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बारम्बार भेट गरी सहमतिको विन्दू खोजिरहेका छन् ।

नेता खड्का र कार्की प्रचण्ड र नेपालका साथै अन्य गठबन्धनका साझेदार दलहरुसित आपसी परामर्श गरिरहेका छन् । प्रचण्ड र नेपालले भने अहिलेको अवस्थामा एमसीसी पारित गरेर सहकार्य अघि बढ्न नसक्ने जनाउ दिइसकेका छन् ।

सत्ता साझेदार दलहरुमध्ये जनता समाजवादी पार्टीले भने यसअघि नै एमसीसी पारित गरेर अघि बढ्ने बताइसकेका छन् । जनमोर्चाले भने एमसीसीको विपक्षमा रहेको बताउँदै आएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ता गठबन्धन टुटाएर भएपनि एमसीसी पारित गराउन लागिपरेका छन् । त्यसका लागि देउवाले एमालेको साथ खोजिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार