मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

हस्ताक्षर नभएको मतपत्र बदर गरी नरैनापुर ४ को मतगणना गराउन आयोगको निर्देशन

महमूद आलम खान 1133+ समाचार ( )
मतदान अधिकृत सुरेश कुमार गुप्तालाई विभागीय कारवाही गर्न आयोगको निर्णय
५ जेठ २०७९, बिहीबार

बाँके । निर्वाचन आयोगले हस्ताक्षर नभएको मतपत्र भेटिएपछि अवरुद्ध रहेको नरैनापुर गाँउपालिकाको वडा नं. ४ मतगणना सुचारु गर्न निर्देशन दिएको छ ।

मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई कारबाही गर्ने र सो मतपत्र बदर हुने भन्दै निर्वाचन आयोगले नरैनापुर ४ को मतगणना कार्य सुचारु गर्न निर्वाचन अधिकृतको कार्यलय नरैनापुरलाई निर्देशन दिएको छ ।

आयोगले बिहिबार बेलुका एक पत्र पठाउदै मतदान अधिकृतको दस्तखत नभएको मतपत्र वदर गरी मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको हो । सुरक्षा प्रबन्ध मिलाएर मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको छ भने हस्ताक्षर नभएको मतपत्र बदर हुने समेत खुलाएर पठाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय नरैनापुरले आयोगमा मतपत्रको बिषयमा भएको विवाद र जनता समाजबादी पार्टी लगायतको मागबारे पत्राचार गरेपछि आयोगको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगका उपसचिव ऋर्षीराम भुसालले बिहिबार राती निर्वाचन अधिकृतको कार्यालय नरैनापुरलाई पठाएको पत्रमा दस्तखत नगरी मतपत्र वितरण गर्ने मतदान अधिकृतलाई विभागीय कारबाहीको लागि सिफारिश गर्ने निर्णय पनि भएको उल्लेख छ । 

यस्तै, मतगणना सुचारु गर्न राजनीतिक दल तथा उम्मेदवार वा उनका प्रतिनिधि सहमत नभएमा वा उपस्थित नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १६७ वमोजिम गर्न पनि निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ । आयोगले मतगणना प्रक्रियाको क्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई पनि आयोगले निर्देशन दिने निर्णय पनि गरेको पत्रमा उल्लेख गरिएको छ ।

यता नरैनापुुरका स्थानीय नेपालगंज ४ को मतदान केन्द्रमा पुनः निर्वाचन गराउन माग गर्दै आएका छन् । स्रोतका अनुसार निर्वाचन आयोगले गरेको निर्णयलाई कार्यान्वयन गराउन नरैनापुरको निर्वाचन अधिकृत रेशम आर्चायले दलका उम्मेदवार संग प्रयास गरे पनि नेपाली काग्रेश बाहेक सबै दलहरु निर्वाचन गराउने पक्षमा रहेकोले नरैनापुर ४ को मतगणनामा समस्या भएको छ । नरैनापुर ४ मा १०४ मतपत्रमा हस्ताक्षर गरेको भेटिए उक्त वडाको मतगणना स्थागित भएको थियो । उक्त वडाको मतदान केन्द्रको मतदान अधिकृत सुरेश कुमार गुप्ता रहनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार