मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

प्रधानमन्त्री ओलीद्वारा रातो खोला पुलको उद्घाटन

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको बलबा नगरपालिकामा रहेको लोहारपट्टी र रौजा बस्तीलाई जोड्ने रातो खोला पुलको आज उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले पुल निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका बासिन्दाहरूलाई सुलभ यातायातको सुविधा पुग्ने र स्थानीय व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।

पुल उद्घाटनपछि प्रधानमन्त्री ओलीले हिन्दु तथा मुस्लिम समुदायको साझा आस्थाको केन्द्र मानिने रौजास्थित रोजा मजार शरीफको अवलोकन समेत गर्नुभएको थियो ।

जनकपुरधाम–कुर्था–रामगोपालपुर–सम्सी सडक खण्डमा पर्ने यो पुलले बलबा नगरपालिकाका विभिन्न बस्तीहरूलाई जनकपुरधामसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारको रूपमा भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । कुल दुई सय मिटर लम्बाइ र सात दशमलव दुई मिटर चौडाइ रहेको यो पुल प्री–स्ट्रेस्ड आरसिसी बक्स गिर्डर प्रविधिमा निर्माण गरिएको हो । पुल चार वटा स्प्यानमा विभाजित छ, जसमा प्रत्येक स्प्यानको लम्बाइ पचास मिटरको छ ।

उद्घाटन समारोहमा लोसपा नेपालका अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्त ठाकुर, सङ्घीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, महोत्तरी निर्वाचन क्षेत्र नं. २ (क) का सांसद जयनुल राईन, बलबा नगरपालिकाका नगर प्रमुख राम विजय महतो लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

पुलको जग वेल फाउन्डेसन प्रविधिबाट निर्माण गरिएको हो । निर्माण कार्यको सम्झौता दुई हजार पचहत्तर साल असार ३१ गते गरिएको थियो भने निर्माण कार्य दुई हजार उनान्सी साल मङ्सिर २७ गते सम्पन्न भएको हो ।

यस पुल निर्माणमा कुल छैसठ्ठी करोड बाइस लाख पचास हजार दुई सय सोह्र रुपैयाँ पैँतालीस पैसा खर्च भएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख दरोगा प्रसाद साहले जानकारी दिनुभयो ।

पुलको निर्माण कार्य श्री पप्पु र दिवा जेभी (संयुक्त उपक्रम) मार्फत सम्पन्न गरिएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख साहले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार