मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रधानमन्त्री ओलीद्वारा रातो खोला पुलको उद्घाटन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको बलबा नगरपालिकामा रहेको लोहारपट्टी र रौजा बस्तीलाई जोड्ने रातो खोला पुलको आज उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले पुल निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका बासिन्दाहरूलाई सुलभ यातायातको सुविधा पुग्ने र स्थानीय व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।

पुल उद्घाटनपछि प्रधानमन्त्री ओलीले हिन्दु तथा मुस्लिम समुदायको साझा आस्थाको केन्द्र मानिने रौजास्थित रोजा मजार शरीफको अवलोकन समेत गर्नुभएको थियो ।

जनकपुरधाम–कुर्था–रामगोपालपुर–सम्सी सडक खण्डमा पर्ने यो पुलले बलबा नगरपालिकाका विभिन्न बस्तीहरूलाई जनकपुरधामसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारको रूपमा भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । कुल दुई सय मिटर लम्बाइ र सात दशमलव दुई मिटर चौडाइ रहेको यो पुल प्री–स्ट्रेस्ड आरसिसी बक्स गिर्डर प्रविधिमा निर्माण गरिएको हो । पुल चार वटा स्प्यानमा विभाजित छ, जसमा प्रत्येक स्प्यानको लम्बाइ पचास मिटरको छ ।

उद्घाटन समारोहमा लोसपा नेपालका अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्त ठाकुर, सङ्घीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, महोत्तरी निर्वाचन क्षेत्र नं. २ (क) का सांसद जयनुल राईन, बलबा नगरपालिकाका नगर प्रमुख राम विजय महतो लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

पुलको जग वेल फाउन्डेसन प्रविधिबाट निर्माण गरिएको हो । निर्माण कार्यको सम्झौता दुई हजार पचहत्तर साल असार ३१ गते गरिएको थियो भने निर्माण कार्य दुई हजार उनान्सी साल मङ्सिर २७ गते सम्पन्न भएको हो ।

यस पुल निर्माणमा कुल छैसठ्ठी करोड बाइस लाख पचास हजार दुई सय सोह्र रुपैयाँ पैँतालीस पैसा खर्च भएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख दरोगा प्रसाद साहले जानकारी दिनुभयो ।

पुलको निर्माण कार्य श्री पप्पु र दिवा जेभी (संयुक्त उपक्रम) मार्फत सम्पन्न गरिएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख साहले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार