मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुरको १५औं गाउँसभाबाट निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
नरैनापुरले “मदरसा के पढाई हुई पुरी लेकिन, अब भि है पढाई अधुरी” कार्यक्रम संचालन गर्ने
१४ असार २०८१, शुक्रबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम र बजेट पारीत भएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काग्रेशले बिरोध सुरु गरे पछि आर्थिक विधियेक, निति तथा कार्यक्रम प्रस्तुत नभएर स्थागित भएको सभा बिहिबार बहुमतले निति तथा कार्यक्रम र रु ५६ करोड ६१ लाख ९१ हजार पाँच सयको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत लगायतको विषयलाई समेटेर टेवा पुरयाउने उद्देश्यले निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
निति तथा कार्यक्रममा “किसान अब न हुवा जाई परिसान” मागमा आधारित कार्यक्रम संचालन गर्ने छ भने “ट्रेकिङ अब कहाँ है दुर चलो नरैनापुर” कार्यक्रम मार्फत पर्यटन प्रवद्र्धनक कार्यक्रम संचालन गर्ने कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष शाहले बताउनु भयो । उहाँले भन्नुभयो, शिक्षा क्षेत्रमा “मदरसा के पढाई हुई पुरी लेकिन, अब भि है पढाई अधुरी” कार्यक्रम संचालन गरी मदरसाको पढाई पश्चात पनि पढाईलाई निरन्तरता दिन जोड दिने छ । पालिकाले ११ वटा महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार गरेको लेखा अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो । उहाँले सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित भएको बताउनु भयो ।  
गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव,, वडाध्यक्षहरु इसाक जोलाह, मसूद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य, प्रेम मौर्य वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार