मुख्य समाचार
जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड | बाँकेमा करिब ३७ हजार किशोरीलाई एचपीभी खोप लगाइने | बाँकेको नरैनापुरको मियाँ पुर्वामा माघ २८ गते देखि मेला सुरु हुदैँ |

नेपाल समाजवादी महिला संघ बाँकेको तिज मिलन भव्यरुपमा सम्पन्न

यूथ टुडे समाचारदाता 2440+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

बाँके । जनता समाजवादी पार्टी ,नेपाल समाजवादी महिला संघ बाँकेले आयोजना गरेको तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल समाजवादी महिला संघ लुम्बिनीका सचिव सुशिला पौडेलेका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, अतिथिहरुमा जसपा नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बीका काफले, जसपा नेपालका केन्द्रीय सदस्य तथा नरैनापुर गााउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह रहनु भएको थियो । 

प्रमुख अतिथि राईले महिलाको महान् पर्वमा शुभकामना दिँदै महिला सक्षम र सबल बन्नु पर्ने बताउदै तिज पर्वलाई सदभावको पर्वका रुपमा मनाउन आग्रह गर्नु भयो । 

विशिष्ट अतिथि जसपा नेपालका केन्द्रीय सदस्य काफलेले तीजलाई मौलिक रूपमै मनाउनु पर्ने बताउनु भयो । उहाँले पछिल्लो समय संस्कृति विकृतिको रुपमा विकास भईरहेको बताउनु भयो ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले मधेश आन्दोलन, त्यसपछि परिवर्तनका निम्ती देशमा भएका आन्दोलनमा महिलाहरुको भुमिका उल्लेख्य रहेको र २०७२ मा जारी संविधानमा महिलाको हक अधिकार सुनिश्चित भएको बताउनुभएको थियो । 

शाहले व्यवस्था परिवर्तनको लागि महिला दिदीबहिनीहरुको भुमिका प्रशंसनिय रहेको भन्दै अब अवस्था परिवर्तनमा पनि नेपाल समाजवादी महिला संघलाई प्रतिवद्ध भएर अगाडि बढन् आग्रह गर्नु भयो । 

कार्यक्रममा विभिन्न राजनितिक दल निकटका महिला संगठनका नेताहरु, जनप्रतिनिधिहरु, पत्रकारहरुले तिजको शुभ कामना दिनु भएको थियो । भने  कार्यक्रममा सयौँ महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन खुश्बु श्रीवास्तवले गर्नु भएको थियो ।