मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपाल समाजवादी महिला संघ बाँकेको तिज मिलन भव्यरुपमा सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

बाँके । जनता समाजवादी पार्टी ,नेपाल समाजवादी महिला संघ बाँकेले आयोजना गरेको तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल समाजवादी महिला संघ लुम्बिनीका सचिव सुशिला पौडेलेका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, अतिथिहरुमा जसपा नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बीका काफले, जसपा नेपालका केन्द्रीय सदस्य तथा नरैनापुर गााउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह रहनु भएको थियो । 

प्रमुख अतिथि राईले महिलाको महान् पर्वमा शुभकामना दिँदै महिला सक्षम र सबल बन्नु पर्ने बताउदै तिज पर्वलाई सदभावको पर्वका रुपमा मनाउन आग्रह गर्नु भयो । 

विशिष्ट अतिथि जसपा नेपालका केन्द्रीय सदस्य काफलेले तीजलाई मौलिक रूपमै मनाउनु पर्ने बताउनु भयो । उहाँले पछिल्लो समय संस्कृति विकृतिको रुपमा विकास भईरहेको बताउनु भयो ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले मधेश आन्दोलन, त्यसपछि परिवर्तनका निम्ती देशमा भएका आन्दोलनमा महिलाहरुको भुमिका उल्लेख्य रहेको र २०७२ मा जारी संविधानमा महिलाको हक अधिकार सुनिश्चित भएको बताउनुभएको थियो । 

शाहले व्यवस्था परिवर्तनको लागि महिला दिदीबहिनीहरुको भुमिका प्रशंसनिय रहेको भन्दै अब अवस्था परिवर्तनमा पनि नेपाल समाजवादी महिला संघलाई प्रतिवद्ध भएर अगाडि बढन् आग्रह गर्नु भयो । 

कार्यक्रममा विभिन्न राजनितिक दल निकटका महिला संगठनका नेताहरु, जनप्रतिनिधिहरु, पत्रकारहरुले तिजको शुभ कामना दिनु भएको थियो । भने  कार्यक्रममा सयौँ महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन खुश्बु श्रीवास्तवले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार