मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

पत्रकार दिक्षा बुढा क्षेत्रीलाई “लैङ्गिक समानता र न्याय पत्रकारिता पुरस्कार–२०८२” प्रदान

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

नेपालगञ्ज । मानव अधिकार, न्याय र लैङ्गिक समानताको संवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै समाजमा सकारात्मक सोच र परिवर्तन ल्याउने पत्रकारिता कार्यका लागि पत्रकार दिक्षा बुढा क्षेत्रीलाई “लैङ्गिक समानता र न्याय पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरिएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले आयोजना गरेको “सद्भाव, सुशासन र सम्मान : मानव अधिकारमैत्री समाजतर्फको यात्रा” विषयक संवाद कार्यक्रमका अवसरमा क्षेत्रीलाई सम्मान गरिएको हो ।

पुरस्कार प्रदान समारोह नेपालगञ्जमा सम्पन्न भएको कार्यक्रममा केन्द्रका अध्यक्ष आलम खानको उपस्थितिमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, पूर्वमन्त्री सर्वदेव ओझा तथा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जकी प्रमुख द्धारीका अधिकारीले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

क्षेत्रीले तथ्यपरक, जिम्मेवार र मानव अधिकारमैत्री पत्रकारितामार्फत लैङ्गिक न्यायको प्रवर्द्धनमा पुर्‍याएको योगदानले लोकतान्त्रिक समाजमा सशक्त आवाजको रूपमा आफूलाई स्थापित गर्नुभएको आयोजक संस्थाले जनाएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले क्षेत्रीको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै नेपाली समाजमा समानता, न्याय र मानव मर्यादाको आवाज बुलन्द रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार