मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खानेपानी मन्त्री अब्दुल खानले गरे पदभार ग्रहण

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
पदभार ग्रहण गर्दै मन्त्री खानले सवैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए ।
११ माघ २०७९, बुधवार

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गरेका छन् । मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खानले सवैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए । उनले स्वच्छ खानेपानीको अभावले लाखौँ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परीक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने धारणा राखे ।

खानेपानी सम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ ।

मन्त्री खानले नीतिगतदेखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिँदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिए । पुस १० गते जनमत पार्टीबाट विनाबिभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए । तर पूर्वसहमति अनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उनले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न मानेका थिएनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार