मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राजा खानद्वारा मदरसालाई एक लाख नगद सहयोग

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

बाँके । नेपालगन्जका चर्चित समाजसेवी तथा हाल अमेरिका बसोबास गर्दै आइरहेका राजा खानले दावते इस्लामी नेपाललाई समर सिबल जडानका लागि रु. १ लाख नगद आर्थिक सहयोग प्रदान गरेका छन् ।

सामाजिक कार्यमा सक्रिय राजा खानले उक्त सहयोग धार्मिक तथा सामुदायिक सेवाका लागि प्रदान गरेको बताएका छन् । मस्जिदमा स्वच्छ पानीको उपलब्धता सुनिश्चित गर्न तथा समुदायका भक्तजनहरूलाई सुविधाजनक वातावरण प्रदान गर्न उनले सहयोग गरेका हुन्।

सहयोग हस्तान्तरण गर्दै राजा खान नेपालगन्जका प्रतिनिधि तथा नेपालगन्ज टेलिभिजन का अध्यक्ष इरफान अलि (अरसद) ले “समाजमा सकारात्मक परिवर्तन ल्याउन र धार्मिक तथा सामुदायिक संस्थाहरूलाई प्रवर्द्धन गर्न खान सहयोग गर्दै आउनुभएको छ ।"

दावते इस्लामी नेपालका प्रतिनिधिहरूले राजा खानको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यो योगदान हाम्रो संस्थाका लागि महत्वपूर्ण छ। यसले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याउनेछ।”

राजा खान नेपालगन्जको निरन्तर समाजसेवा र उदार सहयोगले नेपालगन्जमा सामाजिक सद्भाव र सहयोग संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ। स्थानीय बासिन्दाहरूले उनको सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यहरू जारी रहने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार