मुख्य समाचार
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न | ओली नेतृत्वमा मात्रै एमालेको सिद्धान्त र कार्यक्रम सुदृढ हुन्छ : हारुन हलवाई | एमाले महाधिवेशन: आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन, भोलि निर्वाचन | बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही | स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित | बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति मस्यौदा तयार | चौथो पटक मन्त्रिपरिषद् विस्तार, थपिए चार नयाँ मन्त्री | राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल | सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति | दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि |

१२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिप
थाइल्याण्ड जान लागेका खेलाडीहरूलाई लियानाले गर्यो बिदाई

यूथ टुडे समाचारदाता 3027+ समाचार ( )
२६ असार २०८२, बिहीबार

बाँके । जुलाई १६–१९ तारिख सम्म थाइल्याण्डको पटायामा हुने १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपका लागि बाँकेबाट २ जना खेलाडी सहभागी हुदैछन् । नेपालगन्जमा भएको दोस्रो राष्ट्रिय स्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका अध्यक्ष बिनि टण्डनले बताउनुभयो । 

उहाँका अनुसार मस्टर २ को ७६ किलो तौल पुरुष सिनियरतर्फ सन्तोष काजी शाक्य र सिनियरमा ६८ किलो तौलमा मोहित गुप्ता सहभागी हुनुहुनेछ । प्रतियोगितामा सहभागी हुन ती खेलाडीहरू थाइल्याण्ड जानु पूर्व नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले एक कार्यक्रमका बीच बिदाई गरेको छ । 

बिदाई कार्यक्रममा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर नेपालगञ्जका डाइरेक्टर भोदुराम थारु, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया, कार्यपालिका सदस्य मोहम्मद मुज्ममिल, समाजसेवी अमर भण्डारी, लियानाका सिइओ अभिषेक थारु,बर्दिया जिल्ला गुलरिया नगरपालिका खैरपुर संगम कंक्रिटका डाइरेक्टर अभय राना लगायतको सहभागिता रहेको थियो । 

लियानाका डाइरेक्टर भोदुराम थारुले खेलाडीहरूलाई बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना दिनु भयो ।

उहाँले खेलाडीहरूलाई खेलमैदानमा उत्रिँदा जित्छु र गर्न सक्छु भन्ने भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाइमा पुर्याउन सकिने जिकिर गर्नुभयो । उहाँले खेलाडीहरूको वृत्तिविकासका लागि लियाना सदैव तत्पर रहेको बताउनु भयो ।

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले भन्नुभयो,’खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन् । ठूला द्वन्द्व र सम्भावित नरसंहार पनि खेल क्षेत्रले टारेको छ । खेलमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनः मिलनका आधार तय भएका छन्,’ उहाँले भन्नुभयो, ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको आज एउटा रणनीतिक र महत्वपूर्ण आधार बनेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत शाहले खेलमा उच्च मनोबलका साथ सहभागी हुन शुभकामना दिँदै भन्नुभयो गुलरियाले तपाईँहरूलाई उच्च सम्मान गर्ने छ ।’

काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा मोहित गुप्ता स्वर्ण र रजत पदक जित्नु भएको थियो । 

नेपालका लागि ठुलो मात्रामा पदक जितेर राष्ट्रको इज्जतलाई संसारभर उच्च राख्न प्रयत्नशील रहने बताउँदै गुप्ताले भन्नुभयो, अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिनु परेको दुखेसो पोख्दै यस विषयमा राज्यले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नु भयो । 

उहाँले थप्नुभयो–“आशा गरौँ अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्ने हामी खेलाडीहरूलाई नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्ने छ ।” उक्त खेलमा नेपालबाट ९ जना सहभागी हुने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार