बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.–५ का राजेश सुुवेदी सिर्जनशील, निस्वार्थी र सबैले विश्वास गर्ने व्यक्ति नेपालगञ्जको मेयर भएको हेर्न चाहन्छन्। ‘हामी चाहन्छौं, हाम्रो नगरको मेयर निस्वार्थ भावना भएको सिर्जनलशील होस्,' उनले भने, ‘हरेक दलले जनताको हितका लागि मरिमेटेर लाग्ने, आफ्नै शहरमा परिवर्तन गरेर देखाउन सक्ने क्षमता भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ।'
हरेक दलले स्थानीय निर्वाचनका लागि उम्मेदवार छान्ने कामलाई तीव्रता दिइरहेका बेला सर्वसाधारणले योग्य मेयर र उपमेयर छान्ने कामना गरिरहेका छन्। स्थानीयका हरेक छलफल र बहसको निष्कर्ष नगरपालिकाको नेतृत्व गर्ने उम्मेदवार जनताले ‘सोचेको, रोजेको र चाहेको' होस् भन्ने हुन्छ। नेपालगञ्ज ११ का बिनोद श्रेष्ठले जुनसुकै पार्टीबाट छानिने मेयर/ उपमेयर जनताको भावना बुझ्ने र आस्थाका आधारमा जनतालाई विभेद नगर्ने हुनुपर्ने बताउँछन् । भ्रष्टआचारण भएका, आर्थिक दुरुपयोगमा मुछिएका, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्ने, बहुबिवाहमा संलग्न, महिला हिंसा गर्ने, फौजदारी र नैतिक पतन हुने गतिविधिमा संलग्न व्यक्तिलाई उम्मेदवारका रुपमा अघि सारेको सर्वसाधारण देख्न सक्दैननन्। ‘देश र जनताका लागि केही गर्छु' भनेर जीवन समर्पित गर्न तत्पर हुने व्यक्तिमध्येबाटै जनप्रतिनिधि हेर्न चाहन्छन् सर्वसाधारण।
वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेपालगञ्जको मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ भने त्यस मध्ये युवा व्यापारी तेज प्रसाद रेग्मी जनभावना अनुसार काम गर्न सक्ने योग्य व्यक्ति भएकोले रेग्मीलाई नै टिकट दिनु पर्ने स्थानीय बताउँछन् ।
आर्थिक समृद्धिको योजना ल्याएर रोजगारी सिर्जना गर्न सक्ने क्षमता भएका रेग्मीले टिकट पाए मेयरमा जित्ने निश्चित रहेको नेपालगञ्ज १२ का राजेश हमालले बताए । उनले भने रेग्मी ‘आर्थिक रुपमा कमजोर जनतालाई रोजगारी दिने योजना ल्याउन सक्ने व्यक्ति हुन,' बिकास बिष्टले भने, ‘जनताकै घरदैलोमा सेवा सुविधा पुर्याउन सक्ने क्षमता र भिजन भएका नेता हुन रेग्मी।'
देश र जनताका लागि केही गर्छु' भनेर जीवन समर्पित गर्न तत्पर हुने रेग्मीलाई जनप्रतिनिधि हेर्न चाहन्छन् सर्वसाधारण।
माओवादी केन्द्रले सिफारिस गरेका मध्ये नन्दलाल वैश्य माओवादी कोटाबाटै उधोग वाणिज्य संघ नेपालगञ्जको अध्यक्ष भइ सकेका व्यक्ति हुन तर उनी अध्यक्ष भइरहँदा सम्म पार्टीका नेताहरुको कुरा नसुनी आफ्नो मनोमानी तरिकाले उधोग वाणिज्य संघ नेपालगञ्जलाई संचालन गरेर कार्यकाल पुरा गरेको कार्यकर्ताहरुको गुनासो रहेको छ । भने उनी हल हिन्दूहरुको आस्थाको केन्द्र हाडिया बाबा आश्रमको अध्यक्ष समेत रहेका छन् । उक्त मन्दिरमा सोलर बेट्री खरिद गर्न नसके पछि निर्वाचनको मुखमा बिबाद मा तानिएका छन् ।