मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

प्रवक्ता टंक प्रसाद धामीलाई बिना सर्त रिहा गर्न संघको २४ घण्टे अल्टिमेटम

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
निष्पक्ष छानबिन समिति गठन माग
२ भाद्र २०७९, बिहीबार

बाँके । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका एक जना कर्मचारीमाथि छापा मार्ने क्रममा आइतबार दुव्र्यवहार गरेको आरोप प्रहरी नियन्त्रणमा रहेका नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक प्रसाद धामीलाई २४ घण्टा भित्रै रिहा गर्न संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

राजश्व अनुसन्धान विभाग कोहलपुरले व्यवसायीहरु संग अनुचित लाभ लिनका लागि छापा मार्ने, रकमको बार्गेनिङ गर्ने जस्तो कार्य गर्दै आएको सोही अनुरूप आइतबार नेपालगन्जको घरबारीटोलमा घटना हुन पुगेकोले उक्त घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संघले प्रेस विज्ञप्ति मार्फत माग गरेको छ ।

व्यापारीहरुको छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी घटनाको स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरेको हो । ‘भयरहित व्यापार व्यवसायको अवस्था सिर्जना नगरिए चरणबद्ध आन्दोलन गरिने’ चेतावनी संघले दिएको छ ।

‘राजश्व र व्यवसायी बीचको सम्बन्ध नङ, मासुको हुनुपर्छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले राजश्वका कर्मचारीमाथि जाइलाग्नु अनुचित घटना भएको स्वीकार गर्दै भने, ‘के कारणले यो अवस्थाको सिर्जना भयो भन्ने कुरामा राज्य अनविज्ञ रहनु हुँदैन ।’

नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार अगुवा उद्योगी, व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री संग भेटगरी स्वतन्त्र एवं शक्तिशाली समिति गठन गरी घटनाको सम्पूर्ण पक्ष अध्ययन गरेर दोषी जुनसुकै पक्ष भएपनि कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

आइतबार राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारी बाबुराम पन्थी सहितको टोली घरबारीटोल पुगी विभिन्न पसलबाट अनुचित लाभ लिइरहेको विषय बाहिर आएपछि धामी त्यहाँ पुगेर कर्मचारीलाई धम्क्याएको भिडियो सार्वजनिक भएको थियो भने कर्मचारीले अनुचित रकम माग गरेको भिडियो हाल सम्म सार्वजनिक हुन सकेको छैन । 

‘अति गरेपछिको प्रतिवाद मात्रै हो’, व्यापारीहरु धामीको पक्षमा उनकै पसल पुगेर पक्राउ न गरिदिन दबाब दिंदै भनिरहेका थिए । संघ सँगको परामर्शमा विवादलाई अन्यथा नलम्ब्याउन धामी प्रहरीमा जानु उचित भएको निष्कर्षपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

यता प्रेस विज्ञप्तिमा भनिएको छ,कर्मचारी माथि अप्रिय घटना हुन नदिनका लागि जोगाउन खोजेको तर वास्तविकतालाई  लुकाउन अपुरो भिडियो भाइरल गरि व्यावसायीलाई सताउन खोजेको आरोप लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार