मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

निर्वाचन प्रचारप्रसारका लागि २५ जनाभन्दा बढीको जुलुश निकाल्न नपाइने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
निर्वाचन आयोगले बुधबार सात बुँदे निर्देशन गर्दै चुनाव प्रचार प्रसार गर्दा २५ जना भन्दा बढीको जुलुश प्रदर्शन गर्न नपाइने स्पष्ट पारेको हो ।
२ कार्तिक २०७९, बुधवार

काठमाडौं । राजनीतिक दल र उम्मेदवारहरूले मंसिर ४ गते हुने निर्वाचन प्रचारप्रसारका क्रममा २५ जनाभन्दा बढीको जुलुश निकाल्न नपाउने भएको छ । निर्वाचन आयोगले बुधबार सात बुँदे निर्देशन गर्दै चुनाव प्रचार प्रसार गर्दा २५ जना भन्दा बढीको जुलुश प्रदर्शन गर्न नपाइने स्पष्ट पारेको हो ।

घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने समेतको व्यवस्थालाई कार्यान्वयन गर्न आयोगले निर्देशन गरेको छ ।

त्यस्तै आयोगले निर्वाचनमा लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी प्रचार गर्ने, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा र भेला आयोगना गर्ने गरेको भन्दै त्यसबारे सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ ।

आयोगले सरकारका मन्त्रीहरूलाई आफ्नो क्षेत्रमा बाहेक अन्य निर्वाचन क्षेत्रमा प्रचार प्रसार गर्न जाँदा आयोगको सहमति लिएरमात्रै जान निर्देशन दिएको छ । आयोगले मन्त्रीहरूले निर्वाचन प्रचारमा जाँदा सरकारी साधन स्रोतको उपयोग गर्न नमिल्ने आचारसंहिताको व्यवस्थासमेत स्मरण गराएको छ ।

आयोगले कात्तिक १७ गतेभन्दा अगाडि जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था रहेको समेत स्मरण गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार