मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

खजुरामा गठबन्धन प्रभाव बढ्दै

महमूद आलम खान 1133+ समाचार ( )
गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले निर्वाचन जित्नका लागि नै गठबन्धन बनेको बताउनुभयो
२५ वैशाख २०७९, आइतबार

बाँके । बाँकेको खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनको प्रभाव बढ्दै गएको छ । गाँउपालिकामा माओवादी र कांग्रेसको गठबन्धन छ भने वडास्तरमा नेकपा समाजवादी पार्टी पनि जोडिएको छ । 

गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले निर्वाचन जित्नका लागि नै गठबन्धन बनेको बताउनुभयो । उहाँका अनुसार गाँउपालिकाका ८ वडामध्य १ देखि ४ सम्मका वडामा गठबन्धन भएको छ । वडा नम्बर १ र ३ मा कांग्रेस र वडा नम्बर २ र ४ मा माओवादीले अध्यक्ष पदको उम्मेदवारी पाएको छ ।

पालिकाका सबै वडामा गठबन्धनले गरेको चुनावी कसरतले खजुरामा गठबन्धनको प्रभाव बढ्दै गएको उहाँले बताउनुभयो । खजुरामा गठबन्धनतर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्लले गाँउपालिका गठबन्धनमय बन्न सफल हुँदै गएको बताउनुभयो ।

आज आइतबार पनि गठबन्धनले गाउँपालिकाका विभिन्न वडाहरुमा निर्वाचन आयोगको आचारसंहितभित्र रहेर प्रचार प्रसार गरेका छन् । सामान्य रुपमै जनताको घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुसँग खजुरावासीले आफ्नो ठाउँका समस्या सुनाए ।

गठबन्धनले वडा नम्बर २, सीतापुरमा जनतासँगको भेटघाटमा वडामा हुने विकास निर्माणका काममा भ्रष्टाचार नगर्नै प्रतिवद्धता जनाए । आफूले निर्वाचन जिते भ्रष्टाचारलाई शून्य सरह बनाउने अध्यक्ष पदका उम्मेदवार तुफानले बताउनुभयो । उहाँले खजुरामा रहेको सुकुम्वासीका समस्यालाई समाधान गर्नका लागि समेत अग्रसरता लिने बताउनुभयो । 

उपाध्यक्ष पदका उम्मेदवारी मल्लले आफू निर्वाचन भएपश्चात सबैलाई समान रुपम सेवा दिने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार