मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रमुख तीन दल सहमत

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
प्रमुख तीन दलबीच सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।
४ वैशाख २०८०, सोमबार

काठमाडौं । प्रमुख तीन दलबीच सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीका बिचमा भएको छलफलमा यस्तो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाक्ने र प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको छ’, उनले भने, ‘अब प्रधानमन्त्रीले समय तोकेपछि बैठक बस्नेछ।’ अरु कुरामा छलफल गर्ने र अहिले संवैधानिक परिषद्को बैठक बस्ने मुख्य सहमति भएको उनले बताए।

सर्वोच्च अदालत १६ महिनादेखि कामुको भरमा चल्दै आएको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोाग दर्ता भएपछि सर्वोच्च कामुको भरमा चल्दै आएको छ।

तत्कालीन समयमा राणा निलम्बित भएपछि दीपककुमार कार्कीले कामु चलाएका थिए। उनले अवकाश पाएपछि हरिकृष्ण कार्की कामुको रुपमा रहेका छन्। एमाले सचेतक महेश बर्तौलाले १५ महिनादेखि न्यायपालिका नेतृत्वविहीन भएकाले अविलम्ब अघि बढाउनुपर्ने कुरा एमालेले उठाएको बताए। उनले सरकार यो पाटोमा गम्भीर हुनुपर्छ भनेपछि संवैधानिक परिषद् बैठक बोलाउने सहमति भएको जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार