मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रमुख तीन दल सहमत

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
प्रमुख तीन दलबीच सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।
४ वैशाख २०८०, सोमबार

काठमाडौं । प्रमुख तीन दलबीच सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीका बिचमा भएको छलफलमा यस्तो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाक्ने र प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको छ’, उनले भने, ‘अब प्रधानमन्त्रीले समय तोकेपछि बैठक बस्नेछ।’ अरु कुरामा छलफल गर्ने र अहिले संवैधानिक परिषद्को बैठक बस्ने मुख्य सहमति भएको उनले बताए।

सर्वोच्च अदालत १६ महिनादेखि कामुको भरमा चल्दै आएको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोाग दर्ता भएपछि सर्वोच्च कामुको भरमा चल्दै आएको छ।

तत्कालीन समयमा राणा निलम्बित भएपछि दीपककुमार कार्कीले कामु चलाएका थिए। उनले अवकाश पाएपछि हरिकृष्ण कार्की कामुको रुपमा रहेका छन्। एमाले सचेतक महेश बर्तौलाले १५ महिनादेखि न्यायपालिका नेतृत्वविहीन भएकाले अविलम्ब अघि बढाउनुपर्ने कुरा एमालेले उठाएको बताए। उनले सरकार यो पाटोमा गम्भीर हुनुपर्छ भनेपछि संवैधानिक परिषद् बैठक बोलाउने सहमति भएको जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार