मुख्य समाचार
थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने | बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे |

प्रचण्ड र पुर्व माओवादी नेता बाबुराम भट्टराई बिच भेटवार्ता

यूथ टुडे समाचारदाता 3337+ समाचार ( )
वामपन्थी शक्तिहरुको एउटै पार्टी निर्माण विषयमा छलफल भएको छ ।
३ श्रावण २०७९, मङ्गलबार

काठमाडौं । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता बाक्लिएको छ ।

केही समय अगाडि उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा भेटवार्ता भएको थियो । त्यसै भेटको निरन्तरतामा मंगलबार प्रचण्ड–बाबुरामबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रचण्ड–बाबुराम भेटका क्रममा बिभिन्न विषयमा छलफल हुने गरेको छ । सिंहदरबारको भेटमा उनीहरुबीच वामपन्थी शक्तिहरुको एउटै पार्टी निर्माण विषयमा छलफल भएको छ । त्यसैगरी एउटै पार्टी बनाउन नसके पनि वर्तमान सत्ता गठबन्धनमा सँगै अघि बढ्ने विषयमा छलफल भएको हो ।

मंगलबारको भेटमा एउटै पार्टी बनाएर अघि बढ्न भट्टराई सहमत भएको एक माओवादी नेताले जानकारी दिएका छन् । ति नेताले भने– ‘डा. भट्टराई वामपन्थीहरुको एउटै पार्टी बनाएर अघि बढ्न तयार हुनु भएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावमा उहाँ सकारात्मक हुनुहन्छ । तर, को–को मिलेर कस्तो पार्टी बनाउने भन्नेमा छलफल गर्नुपर्ने भट्टराईको धारणा रहेको छ ।’

प्रचण्ड–बाबुरामबीच दोस्रो विकल्पमा पनि छलफल भएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर नयाँ पार्टी गठनको प्रकृयामा रहेका भट्टराईले सबै वामपन्थीहरुको एउटै पार्टी बनाउन नसके पनि वर्तमान गठनबन्धनमै रहेर अघि बढ्न तयार रहेको प्रचण्डसँगको भेटमा बाबुरामले भनेका छन् ।

प्रचण्ड–बाबुराम भेटमा सहभागी एक माओवादी नेताले भने– ‘उहाँहरुबीच पहिला सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउन प्रयास गर्ने विषयमा सहमति भएको छ । तत्काल त्यो सम्भव नभए बाबुरामको नेतृत्वमा गठन हुने नयाँ पार्टीलाई पनि वर्तमान सत्ता गठबन्धनमा सँगै लेजाने कुरा भएको छ ।’

प्रचण्ड–बाबुरामबीच समाजवादी केन्द्र बनाउने विषयमा पनि छलफल हुने गरेको छ । सबै वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउनका लागि समाजवादी केन्द्र उत्तम विकल्प हुनसक्नेमा दुवै नेता सकारात्मक छन् ।

पछिल्लो समय वामपन्थी शक्तिहरुबीचको छलफलले पनि तीब्रता पाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, वामदेव गौतमले नेतृत्व गरेको शक्ति र भट्टराई नेतृत्वको शक्तिबीच विभिन्न चरणमा छलफल हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार