मुख्य समाचार
कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व | कीर्तिपुरको होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता पक्राउ | युनेस्कोद्धारा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न | सर्लाहीका युवाले पनि लगाए आफ्नै शरीरमा आगो | बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ? | गणेश नेपाली आत्मदाह प्रकरण : शव बुझ्न आफन्तले गरे इन्कार | गणेश नेपाली आत्मदाह प्रकरण : ३ नगर प्रहरी नियन्त्रणमा | आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको मृत्यु |

प्रचण्डलाई ओलीको प्रस्ताव- सम्भव भए मिलेर अघि बढौँ

यूथ टुडे समाचारदाता 3483+ समाचार ( )
प्रतिनिधिसभाको निर्वाचनमा दुबै अध्यक्ष निर्वाचित भएपछि शुभकामना दिन ओलीले प्रचण्डलाई फोन गरेका थिए
८ मंगशिर २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो समयपछि फोन संवाद भएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा दुबै अध्यक्ष निर्वाचित भएपछि शुभकामना दिन ओलीले प्रचण्डलाई फोन गरेका थिए । फोन संवादमा दुई अध्यक्षबीच बधाई आदानप्रदान भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

बधाई आदानप्रदानका क्रममा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई अब कसरी जाने हो ? भन्दै प्रश्न गर्दै ‘सम्भव भएसम्म सहकार्य गरेर अघि बढौँ’ भन्ने प्रस्ताव राखेका थिए ।

अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखे पनि प्रचण्डले भने ‘यस विषयमा पछि नै सल्लाह गरौँ, अहिलेलाई बधाई छ’ भन्दै संवाद टुङ्ग्याएका थिए ।

ओली झापा–५ र प्रचण्ड गोरखा–२ बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

नेकपा विभाजन भएपछि प्रचण्ड र ओलीबीचको सम्बन्ध खासै राम्रो छैन । अत्यन्तै सङ्कटको अवस्थामा मात्र दुई अध्यक्षबीच संवाद हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार