मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

विपन्न परिवारलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । 

कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण गरेको हो । 

बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो ।

सो अवसरमा बोल्दै संघीय सांसद डा. राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह गर्नुभयो । 

क्लबका अध्यक्ष रवि तुलाधरले दुई गाउँपालिकाका विपन्न र गरिब परिवारको छनोट गरेर कुखुरापालनका लागि सहयोग गरिएको जनाउँदै यो सहयोगको बढी भन्दा बढी सदुपयोग गर्न अनुरोध गर्नुभयो । 

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, पदाधिकारीहरु, बागेश्वरी बहुउदेश्यीय कृषि सहकारी खजुराका अध्यक्ष कमला न्यौपाने लगायत प्लान नेपाल र बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

क्लबका अनुसार कुखुरापालनका लागि वितिरण गरिएको सामाग्रीहरुमा प्रत्येक परिवारलाई २८ दिनका तीन वटा खोप लगाइएका १५० वटा चल्ला, आठ बोरा दाना, पानी खाने भाडो ३ वटा, दाना खाने भाडो ३ वटा, खोर निर्माणमा सहयोगका लागि ५ वटा जस्तापाता, १० मिटर फलामको जाली गरेर एक परिवारलाई ६६ हजार १५० रुपियाँ बराबरको सामाग्री रहेको छ । चल्ला वितरण गर्नु भन्दा अघि सो सहयोग पाउनेहरुलाई विज्ञद्धारा कुखुरापालनका बारेमा अभिमुखिकरण गरिएको क्लबका अध्यक्ष तुलाधरले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार