मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

पत्रकार सल्मानी माथि भएको भौतिक आक्रमणको मुस्लिम पत्रकार क्लबद्वारा भर्त्सना

महमूद आलम खान 1133+ समाचार ( )
घटनामा संलग्न माथि कडा कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न क्लब सम्बन्धित निकायसँग माग
२ मंगशिर २०७८, बिहीबार

बाँके । समाचाार संकलन गरेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट फर्किने क्रममा साङ्घातिक आक्रमणमा परि गम्भीर घाइते भएका मुस्लिम पत्रकार क्लब नेपालका सचिव एंव नेपाल पत्रकार महासंघ बाँकेका कार्यालय सचिव समेत रहेका मेराज सल्मानी माथिको आक्रमणको चौतर्फी रूपमा भत्सर्ना गरिएको छ ।

मुस्लिम पत्रकारहरूको छाता सङ्गठन “मुस्लिम पत्रकार क्लब नेपाल”ले क्लबका सचिव सल्मानी माथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आफ्नो पेसागत कर्ममा जुटेका पत्रकारमाथि दिन दाहाडै भएको साङ्घातिक आक्रमणले बाँकेमा पत्रकारको सुरक्षा अवस्था दयनीय रहेको थप प्रस्ट्याएको पत्रकार क्लबले विज्ञप्तिमा उल्लेख गरेको छ ।

क्लबका अध्यक्ष आलम खानद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी उल्लेख गरिएको छ “क्लबले पत्रकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भर्सना गर्दछ । घटनामा संलग्न माथि कडा कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न क्लब सम्बन्धित निकायसँग माग गर्दछ ।” पत्रकार सल्मानीको दाँत भाचिएको छ भने मुखमा गम्भीर चोट लागेको छ । पत्रकार सल्मानीको अवस्था खतरामुक्त रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार